सामाजिक यथार्थमा देखिएको प्रेमी प्रेमिकाको कथा (सुटिङ रिपोर्ट/भिडियो सहित)

...

साउन, काठमाडौं । एका बिहानैको समय हो, घामपनि बिस्तारै झुल्किने क्रममै थियो । काठमाडौंको उत्तरी भेगमा पर्ने नारायनथान जहाँ हरियाली र सुन्दर दृश्यहरु धेरै रहेका छन् । त्यहि स्थानमा हामी पुग्यौं र केहि उच्च भेगबाट काठमाडौंलाई नियाल्ने कोशिसमा थियौं । त्यसैक्रममा नारायनथानको एक होटल परिसरमा यस्तो दृश्य देख्यौं जहाँ हामीलाई लागिरहेको थियो कुनै फिल्मको छायांकन भईरहेको छ । हामी त्यस स्थान तिर लम्कियौं र उक्त दृश्यको बारेमा बुझ्न चायौं ।
Sex seen in shooting

चारैतिर हरियाली, निकै मनोरम दृश्य पर क्षितिजमा काठमाडौं उपत्यकाले ढकमक्क ढाकेको थियो, लाग्छ त्यो स्थानमा पुग्दा जो कोहि पनि एकाग्र भएर टोलाईरहन्छ । त्यसैबिचमा होटल र रिसोर्ट परिसरमा देखिएको सुटिङ युनिट, हामी सुटिङ छोडेर जानै सकेनौं, कारण थियो अन्य सुटिङ भन्दा पृथक ।
kiss seen of adhunik song shootingक्यामेरा र आर्टिस्ट सँग निकै व्यस्त रहेको सुटिङ युनिट सँग आर्टिस्ट खबरको टिमले  बुझ्न चायौं आखिर के को सुटिङ हुँदैछ । बुझ्दै जाँदा एक म्युजीक भिडियोको सुटिङ भईरहेको रहेछ । हामीले ठानेका थियौं सायद कुनै चलचित्रको सुटिङ भईरहेको छ । आधुनिक गितको सुटिङ भएता पनि कुनै चलचित्रको सुटिङ भन्दा कम थिएन त्यहाँको मेहनत र अभिनयलाई हेर्दा , त्यसैले पनि हामी अझ केहि बुझ्न खोज्दै थियौं ।

romance seen of nepali song

‘तिम्रो मनमा बसेकी छु टाढा बन्दिन म ।
तिम्रो पाईला बिझाउने काँडा बन्दिन म ।।’

गितको पहिलो शब्द सुन्दा हामी सहजै अनुमान लगायौ कि एकल आवाजमा रहेको सेन्टिमेन्टल आधुनिक गित रहेछ । सुटिङमा एक्सन र कटमा निकै व्यस्त रहेका निर्देशक सुरेश थापा सँग केहि कुरा गर्ने जमर्को गर्यौं । हाम्रो पहिलो प्रश्न नै यस्तो रह्योः एउटा म्युजीक भिडियोको लागि मात्र पनि यति ठुलो मेहनत ? निर्देशक थापाले सहजै यसरी उत्तर दिनुभयो– “म्युजीक भिडियो पछिल्लो समय जस्तो पनि र जसले पनि बनाउन सक्ने भइसकेको छ । आजभोली म्युजीक भिडियो बनाउन गाह्रो छैन तर राम्रो र साच्चै नै सबैकुरा पुगेको म्युजीक भिडियो कमैले बनाएको पाईन्छ । त्यसैले मैले गितको कथामा मागे अनुसारको दुख गरीरहेको छु । ताकि दर्शकलाई पुर्ण रुपमा मनोरञ्जन होस् ।”
Srijana basnet - nepali modelasnet - model nepaliयति भन्दै गर्दा हामी निर्देशक सुरेश थापालाई अर्को प्रश्न पनि तेर्सायौं, तपाई त चलचित्रमा जस्तै रोमान्स सिन पनि प्रसस्त देखाउन खोज्नु भएको रहेछ नि म्युजीक भिडियोमा ? अनि उत्तर– “कथाले बोलेको कुरा भिडियोमा हुनुपर्छ भन्ने धारणा हो पछिल्लो समय दर्शकले चाहेको र धेरै भल्गर नहुने गरी मैले यस म्युजीक भिडियोमा रोमान्स सिन राखेको छु । जसले गर्दा भिडियो हेर्दा दर्शकलाई मनोरञ्जन होस् तर साह्रै गरेछ भन्ने नहोस् । चलचित्र जस्तै भन्नु भो, तर मेरो बिचारमा म्युजीक भिडियोमा पनि चलचित्रका लागि दुख गरे जत्तिकै दुख गर्नुपर्छ । मात्र फरक यत्तिहो म्युजीक भिडियो मा थोरै दिन दुख गर्नुपर्छ, चलचित्रमा धेरै दिन दुख गर्नुपर्छ ।” साथै हामिले गितले बोकेको कथा के छ भनि सोध्यौं, “गितमा एक प्रेमी र प्रेमीका हुन्छन् र प्रेमीकाले आफ्नो प्रेमीको मायामा शंका गरेकि हुन्छिन र शंका भित्रकै थोरै रोमान्स सिन लाई देखाईएको हो । समाजको यथार्थ कथा भन्दा हुन्छ ।”

त्यस्तै म्युजीक भिडियोमा मोडल महेश बिष्ट पनि आफ्नो अभिनय कला प्रस्तुत गरीरहेका दमदार तरीकाले प्रस्तुत गरीरहेका थिए । हामी उनीसँग पनि केहि कुरा गर्न चायौं । निर्देशकको एक्टन कटको आधारमा अभिनय गरीरहनु भएको छ, छायांकन कस्तो भईरहेको छ  ? हामी साधारण प्रश्न मै गयौं, खासै धेरै म्युजीक भिडियोमा अभिनय त गरेको छैन तर पनि आज यो टिम सँग काम गर्न पाउँदा खुसी लागेको छ किनकी निर्देशकमा सुरश जी हुनुहुन्छ जसले गर्दा पनि अझ सहज भएको छ त्यस्तै अभिनयमा पनि उत्तिकै सहयोग मिलेको छ । पुरै टिम मिलेको हुँदा आफुलाई रमाईलो लागेको छ । जे होस् अन्य गित भन्दा फरक तरिका बाट छायांकन भईरहेका हुँदा काम गर्न उर्जा पनि मिलेको छ । मैले नजानेको कुरा धेरै छन् तर पनि सुरेश जीको साथमा सहज भएको छ । जे होस् समग्रमा रमाईलो भएको छ भन्नु पर्छ  ।

निर्देशक सुरेश थापाले यो भन्दा अघि करिब तिन दर्जन गितमा निर्देशन गरीसकेका छन् त्यस्तै उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य टेलिश्रृंखला मेरीबास्सैका चर्चित कलाकार पनि हुन् । उनी मेरी बास्सैमा दर्शनेको भुमिकामा देखिने गर्छन्, जुन भुमिका दर्शकले छोटो समयमै मनपराएका छन्

shooting report of suresh thapa darsaneगायिका रजिना रिमालको एकल आवाजमा रहेको ‘तिम्रो मनमा बसेको छु’ बोलको गितमा सृजना बस्नेत, कुसुम पन्त, महेश बिष्टको अभिनय रहेको छ । जसलाई बुद्ध थापाले खिचेका हुन् भने ड्रेस डिजाईन रबिना ठकुरीले गरेकी छिन् । दिपक मगरको प्रस्तुतीमा बजारमा आउने उक्त गितमा शब्द भने डोलराज बार घरे मगरको रहेको छ ।

सुटिङ स्थलमा देखिएको मेकिङ भिडियो हेर्न सक्नुहुनेछ ।

प्रस्तुतीः गोपिकृण्ण