साउन, काठमाडौं । नायिका नम्रता श्रेष्ठ र सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको नामलाई लिएर बिभिन्न ब्लग तथा सामाजिक सञ्जालमा फैलिएका समाचार प्रति नायिका नम्रताले जवाफ दिएकि छिन् । नम्रताले समाचार बाहिर आएको १ साता पछि मुख खोलेकि हुन् । गतसाता चलचित्र विकास बोर्डले वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को बिषयलाई लिएर अझैपनि बिभिन्न टिकाटिप्पणी चलिरहेको छ ।
नायिका नम्रता श्रेष्ठमाथि मन्त्रीको यौनप्रस्ताव जस्ता समाचार बाहिर आएपछि उनले आज मात्र मुख खोलेकि हुन् । नम्रताले आज आफ्नो फेसबुक मार्फत लेख्दै आफू छायांकनमा व्यस्त भएको र चलचित्र विकास बोर्डका सदस्यहरुले खबर गरेकाले पुरस्कार कार्यक्रममा उपस्थित भएको बताएकी छिन् ।
उनले उक्त समाचार प्रति खण्डन गरेता पनि बिषय यो हो भनेर भने लेखेकी छैनन तर उनले बिभिन्न व्लगमा आएका अभद्र समाचार भनेर नाम लिएकी छिन् । केहि दिन अघिमात्र बिभिन्न ब्लगहरुमा नायिका नम्रता श्रेष्ठ लाई सुचना तथा सञ्चार मन्त्रीको यौन प्रस्ताव जस्ता शिर्षकमा बिभिन्न समाचार सामाजिक सञ्जालमा भाईरल भएका थिए ।
नम्रताले लेखेकी छिन्, यस्ता प्रकारका समाचारले मेरो व्यावसाय र फिल्म क्षेत्रमै प्रश्न उठेको छ । चलचित्र क्षेत्रले यस्तो बिषयमा गम्भिर भएर सोच्नुपर्छ ।