गोपीकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

नेपाली लोक तथा दोहोरीगीतको क्षेत्रमा गतबर्ष बजारमा आएका सयौं गीत मध्येबाट उत्कृष्ट गीतहरुलाई दिइने 'राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड' भब्यताका साथ सम्पन्न भएको छ । शनिबार प्रज्ञाभवन कमलादीमा सम्पन्न अवार्ड कार्यक्रममा बर्षका उत्कृष्ट गायक र गायिकामा रामजी खाँड र टीका पुनले अवार्ड पाउन सफल भए । रामजीले ‘अमिलो रसैले’ बोलको गीतबाट र ‘मलाई नाँच्न मन लाग्छ’ बोलको गीतबाट टीकाले अवार्ड थापेकी हुन् । साथै बर्षको उत्कृष्ट लोकदोहोरी गीत (एल्बम) मा ‘फूल्यो बामरी’ बोलको गीतबाट गायिका प्रीति आलेले अवार्ड थापिन् ।

साथै वर्षका अभिनयतर्फका उत्कृष्ट मोडलमा पुरुषतर्फ महेन्द्र गौतम र महिलातर्फ मञ्जिता केसीले अवार्ड उचाल्न सफल भए । गत वर्ष निस्किएका सयौं गीतमध्येबाट ३० भन्दा बढी विधामा प्रदान गरिएको अवार्डमा वर्षको नृत्यतर्फको नायक र नायिकामा भने शंकर बिसी र रश्मी तामाङले अवार्ड पाए । साथै यस वर्षबाट थपिएको विधा दशकका स्रष्टा सम्मानमा राजकुमार बगरलाई सम्मान गरियो । बगरले विगत दशकभन्दा बढी समयदेखि नेपाली लोकगीतको क्षेत्रमा कलम चलाएको भन्दै उनलाई सम्मान गरिएको हो । अवार्ड समारोहमा लोकगीतको क्षेत्रमा ठूलै योगदान पु¥याएको भन्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट वरिष्ट देउडा गायक नन्दकृष्ण जोशीलाई सम्मान गरियो । अवार्ड समारोहमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस्)लाई सामाजिक कार्यमा ठुलो काम गरेको भन्दै गृहमन्त्रीको हातबाट सम्मान पनि गरिएको थियो । साथै धुर्मुसले लोकदोहोरी गायक तथा गायिका र पछिल्लो समयको लोकदोहोरी भित्रको बिकृतीलाई पनि हाँस्यब्यंग्य गरेका थिए ।

समारोहमा वर्षको उत्कृष्ट म्युजिक भिडियो निर्देशकमा बब्बु थापाले अवार्ड पाए भने उत्कृष्ट नवगायकमा ‘गाउले पाराको’ बोलको गीतबाट गंगा पुन र नवगायिकामा ‘पैसा यो पैसा’ बोलको गीतबाट भूमिका गिरीले अवार्ड पाउन सफल भए । त्यस्तै पब्लिक च्वाइस अवार्डमा ‘उही खोलीको पानी’ बोलको गीतबाट राजन गुरुङले अवार्ड थापे । गायक कृष्ण रेउले जुरी अवार्डबाट सम्मानित भए भने धेरै एसएमएस आएको भन्दै एसएमएस अवार्डबाट कोपिला गुरुङले अवार्ड पाइन् । उनलाई २३ हजार ५ सय ७६ एसएमएस आएको जानकारी दिइएको थियो । साथै अवार्ड समारोहमा वर्षको उत्कृष्ट लयमा ‘उही खोलीमा पानी’ बोलको गीतबाट वसन्त थापाले पाए भने उत्कृष्ट शब्दमा भने घनश्याम भुसालले अवार्ड पाउन सफल भए । साथै प्रतियोगी गायक र गायिकामा रविन लामिछाने र शोभा कार्कीले अवार्ड उचाले ।

साथै संगीत संयोजनमा विनोद बाजुराली, ध्वनी मिश्रणमा खड्ग बाजुराली, रेकडिष्टमा मानबहादुर बराल, लोक दोहोरी साँझ गायकमा नगरकोट दोहोरी साँझबाट प्रेम अर्याल, लोक दोहोरी साँझ गायिकामा फेवा दोहोरी साँझबाट सरिता खनाल, लोक दोहोरी साँझ बाध्यवादकबाट ईश्वरीप्रसाद भुसाल, राष्ट्रिय भावको गीतमा राजन कार्की, लोकगीतमा मौसम गुरुङ, म्युजिक भिडियो छायांकनमा करन जोशी, म्युजिक भिडियो सम्पादनमा प्रवीन भट्टले अवार्ड पाएका थिए ।

साथै ‘साइला दाइ कहाँ गयो’ बोलको गीतलाई सदाबहार गीतबाट सम्मान गरिएको थियो भने लोक गीतको सञ्चार क्षेत्रमा लामो समयदेखि कलम चलाएको भन्दै पत्रकार सुमन बैरागीलाई पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । साथै सहायक कोरस नृत्यांगना भन्दै इन्दिरा श्रेष्ठ, परम्परागत गीतमा प्रसाद खप्तरी मगरलाई सम्मान गरियो ।

अवार्ड समारोहमा नेपाल सरकारका गृहमन्त्री जनार्धर शर्मा प्रभाकर आयोजकको निमन्त्रणालाई स्वीकार्दै केही ढिलै भएपनि पुगेका थिए । गृहमन्त्री शर्माले केही अवार्ड आफ्नै हातबाट पनि प्रदान गरेका थिए । साथै शर्माले लोकदोहोरी अवार्डको विषयमा बोल्दै आफूलाई दोहोरी क्षेत्रको अवार्डमा पनि बोलाएर बोल्ने मौका दिएकोमा खुशी व्यक्त गरेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आयोजना गरेको यस अवार्डमा थुप्रै लोकदोहोरी गीतका कलाकारको उपस्थिति थियो । यस वर्षको ‘पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४’ नाम दिइएको यस अवार्ड भव्यताका साथ सम्पन्न पार्नमा सहयोग पु¥याउने सबै सहयोगी हातहरूलाई समारोह संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका वर्तमान अध्यक्ष पिएन सापकोटाले धन्यवाद दिएका थिए । कार्यक्रम प्रकाश सपुत, शान्ति श्री परियार र प्रिती आलेले सञ्चालन गरेका थिए ।

Video – Sitaram Kattel 'Dhurmus'