साउन, काठमाडौं । यसपालिको नारीहरुको महानपर्व हरितालिका तिज आउन अझै महिना दिन भन्दा बढि छ । तिज नजिकिँदै गर्दा बजारमा तिज बिशेष गितहरु आईरहेका छन् । नेपाली नारीहरुको महानपर्व मानिने तिजले नेपाली मौलिकता झल्काएको हुन्छ । एक नारी आफ्नो माईती घरको सम्झनामा माईति सँग आफ्नो दुख सुखको बेदना पोख्ने चाडको रुपमा मान्दै आइएको छ तिज पर्व लाई ।
पछिल्लो समय तिजका गितहरुमा आधुनिकिकरण ले छोएको देख्न सक्छौं । तिज गित भनेर बजारमा आएका गितहरुले तिजको मौलिकता झल्काएका हुँदैनन् । बजारमा छोटो समयमा चर्चा पाउने तरिकाबाट बनाईएका गितहरु प्छिल्लो समयमा आईरहेका छन् । पहिलाका दिनहरुमा जस्तो सिडी,क्यासेट नबिक्ने हुँदा गितहरु आजभोली युट्युवको भिजिटरमा चित्न बुझाउनु परेको छ । त्यसैले पनि पछिल्लो समय युट्युवलाई केन्द्रित गरी चर्चा पाउनका लागि मात्र गितहरु बजारमा आईरहेका छन् ।
यसबर्ष बजारमा थुप्रै तिज गितहरु बजारमा आईसकेका छन् र आउनेक्रममा पनि छन् । तर अहिल सम्म आएका गितमध्ये साच्चै नै तिजको मौलिकता झल्काउने गित पनि बजारमा देखिएका छन् । केहि बर्ष अगाडि कै शैलीमा बजारमा आएको उक्र गितले पनि दर्शकको मन जितेको छ । सासु बुहारीको जुहारी नाम दिइएको उक्त तिजगितमा सासु र बुहारीको झगडा साथै तिजमा माईत जानुको महत्वलाई देखाउन खोजीएको छ । जुन हामी धेरै बर्ष अगाडिका गितहरुमा देख्ने गर्दथ्यौं ।
यस गितले अन्य गित जसले बजारमा चल्नका लागि भिडियो राम्रो हुनुपर्छ शब्द जस्ता भएपनि हुन्छन् भन्ने गितलाई शब्द राम्रो भए भिडियोमा धेरै दुख गर्न नपर्ने पुष्टि गराएको पनि बुझ्न सक्छौं । रत्न बानिया, गौरब गिरी, कोपिला छिनाल, कुमारी चेपाङ, सुजना पाण्डेको स्वरमा रहेको उक्त गित बजारमा आएको करिब बिस दिन पुगेको छ । छोटो समयमै पनि उक्त तिज गितलाई दर्शकले रुचाएका छन् । युट्युवलाई नै आधार मान्ने हो भने पनि दुई लाख पटक भिजिट भईसकेको छ । त्यसतै उक्त भिडियो हेरेर प्रतिक्रिया दिने दर्शकपनि थुप्रै छन् ।
जसमा तिजको मौलिकता झल्काउने र बास्तबिक तिजको गित यस्तो हुनुर्छ भन्दै थुप्रै प्रतिक्रिया हरु आएका छन् । झरना तिज भिसिडी एल्बममा रहेको उक्त गितको शब्द लेखन गायक रत्न बानियाले नै गरेका हुन् ।
यसैबिच गितका गायक रत्न बानिया सँग आर्टिस्ट खबरले केहिकुरा गरेको छ । कुराकानीमा गायक रत्न बानियालाई हामीले यस्तो प्रश्न गर्यौ – अहिले पनि यस्तो शैलीको गित निकाल्दा दर्शकले रुचाउँछन् जस्तो लागेको थियो त ? बानियाले यसरी उत्तर दिएः पछिल्लो समय बजारमा आएका गित र मेरो यो गितमा धेरै फरक छ तर पनि दर्शकले चाहेको गित कस्तो हो त भनेर मैले बजारमा यस्तो शैलीको गित ल्याएको हुँ । पछिल्लो समय बजारमा चर्चाका लागि मात्र आएका गितहरु पनि दर्शकले मन त पराउँछन् होला तर बास्तवमै तिजको भाव बोकेको गित खोज्ने दर्शक धेरै छन् ।
गायक बानियाले आफुले अन्य शैलीको गित गाएको तर आधुनिकीकरण मिसिएको गित भन्दा यस्तो गित दर्शकले मन पराएको बताउँछन् ।
यस्तो छ तिजको मौलिकता झल्काउँने गितको भिडियो ।
प्रस्तुतीः गोपिकृण्ण