<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड स्टार आमिर खान को फिल्म दंगलले दुनियाभरका दर्शकहरुको मन जितेर बलीउडमा नयाँ रेकर्ड राखिसकेको छ। गत वर्ष डिसेम्बरमा रिलिज भएको फिल्मको आज पनि चर्चा उत्तिकै रहने गरेको छ। दंगल का फ्यानहरुले आज पनि फिल्मलाई लिएर अलग अलग तरिकाबाट आफ्नो क्रेज देखाइरहेका छन्। यसैविच दंगलका फ्यानहरुले हालै दुबई मा दंगल स्पेशल केक बनाएका छन्। जुन बेकरीमा यो केक बनाइएको हो उनीहरुले यो केक दुनियाकै सबैभन्दा महंगो केक रहेको दावी गरेका छन्। यो केक को मुल्य २५ लाख बताइएको छ। र भारतको ७१औं स्वतन्त्रता दिवसको अवसरमा यो केक काटिने बताइएको छ। बताइएअनुसार यो केक बनाउन १२०० भन्दा बढी मानिसहरुले एक महिना लगाएका थिए। </p><p style="text-align: justify; ">केकमा दंगलको एक सीनको झलक देख्न सकिन्छ्। केकमा आमिरको रुप निकैनै आकर्षक बनेको छ। बताइएअनुसार ग्राहकले केक मा सुन प्रयोग गर्ने बताएपछि केकमा मेडलमा असली सुन लगाइएको छ। केकमा लगाइएको सुनको मेडल करिब ७५ ग्रामको रहेको बताइएको छ। यसका साथै यो केक २४० जनालाई सहजरुपमा सर्भ गर्न सकिने बताइएको छ। एजेन्सी</p>