<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">लगातारको बर्षाका कारण यतिवेला नेपालका तराई भेगका अधिकांश जिल्लाका बासिन्दाहरु बाढी तथा पहिरोको मार खेप्न बाध्य भएका छन्। बाढीका कारण कैयौं ले ज्यान समेत गुमाइसकेका छन्। यसका कारण यतिवेला सरकारले राहत तथा उद्धारको प्रयास जारी राखेको छ। </p><p style="text-align: justify; ">यसैविच बाढी प्रभावितहरुका लागि निर्देशक दिपाश्री निरौलाले व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन् ।उनले मोरङ समाज मार्फत बाढी प्रभावितको लागि उक्त रकम हस्तान्तरण गर्न लागेकी हुन्। विराटनगरमा स्थाई घर भएकी उनले विराटनगको विमानस्थल डुब्दा आफ्नो आँखा रसाएको बताएकी छिन्। उनले आफ्नो सहयोग सानो भएपनि यस्तै सानो सानो सहयोगले नै ठुलो सहयोग बन्ने विश्वास रहेको बताइन्। </p><p style="text-align: justify; ">यसका साथै कलाकार तथा निर्माता निर्मल शर्माले पनि दश हजार बाट बाढी प्रभावितको सहयोगमा जुटेका छन् । बाढी प्रभावितको सहयोगमा जुट्न शर्माले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । यतिवेला प्राकृतिक प्रकोपले पुर्याएको क्षतिप्रति सम्पूर्ण कलाकर्मीले दुःख व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन् ।</p>