आर्टिस्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र 'ग्याङस्टार ब्लुज' को प्रिमियर गरीएको छ । बिहिबार साँझ राजधानीमा गरिएको प्रिमियरबाट चलचित्र टिमले राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रका कलाकार, अन्य चलचित्रकर्मि तथा सञ्चारकर्मिहरु माझ गरिएको प्रिमियरबाट बिशेषतः नव नायक आशिरमान देशराज जोशीको पहिलो कामको तारिफ गरिएको थियो । धेरैले आशिरमानलाई पहिलो काम पनि धेरै राम्रो भन्दै तारिफ गरेका थिए ।

प्रिमियरमा पुगेका आशिरमानको दाजु आयुष्मानले पनि आफ्नो भाईको कामको तारिफ गरे । साथै नायिका प्रियंका कार्कीले पनि नयाँ भएपनि पुरानो कलाकारले भन्दा कम नगरेको बताइन् । 'मैले आशिरमानको छेऊमै बसेर हेरेकी थिएँ । उसको काम यति राम्रो लाग्यो कि नयाँ जस्तै लागेन । उसले चलचित्रमा दिनुपर्ने जति दिएको छ', प्रियंकाले भनिन् । साथै आयुष्मानले पनि आशिरमानको अभिनयको तारिफ सँगै उनको एक्शनको पाटोले पनि आफ्नो मन छोएको बताए । 'मैले पनि यति एक्शन गर्न पाएको छैन । उसले धेरै राम्रो गरेको छ ।', आयुष्मानले भने ।

साथै चलचित्र हेरिसकेपछि कलाकार रमेश उप्रेती, निश्चल बस्नेत, झरना थापा, दयाहांग राई लगायतका कलाकारहरुले आर्टिस्ट खबरलाई प्रतिक्रिया दिएका थिए । जुन तलको भिडियोमा पनि हेर्न सक्नुहुनेछ । प्रेमको साथमा एक्शन समेत रहेको यो चलचित्रमा आशिरमान देशराज जोशी र आना शर्माको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा आशिरमान र आनाको अलवा संयम पुरी, प्रमोद अग्रहरी, अनुपम शर्मा, रामबाबु गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा संयम दर्शकलाई होल्ड गर्न सक्ने पात्र हुन् । चलचित्रको लेखन तथा निर्देशन हेमराज बिसीले गरेका हुन् ।चलचित्र आउदो शुक्रबार अर्थात भदौ २ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

Video:

Report: