साउन, काठमाडौं । यतिखेर मोडल तथा गायिका ज्योति मगर चर्चामा छिन् । उनले नृत्य गरेको एक तिज गितमा छोटा कपडा लगाएको बिषयलाई लिएर ब्यापक चर्चा चलिरहेको छ । आफ्ना गितमा छोटा कपडा लगाएर नाच्दै आएकि ज्योति यो भन्दा पहिला पनि बिवादमा पर्दै आएकी थिईन् । तर यस पटक भने तिज गितमा पनि त्यसरी उत्ताउलो पारामा छोटा पहिरनमा नाच्दा अझ बढि चर्चा भएको छ । साथै उनले नाचेको तिज गितका शब्द र डाईलगहरु पनि दोहोरो अर्थ लाग्ने भएकाले पनि चौतर्फि बिरोध आईरहेको छ ।
यसैबिच ज्योतिले नृत्य गरेको पहिलो तिजको गितको चर्चा नसँकिँदै अर्को चर्चा चल्न थालेको छ । त्यो हो ज्योति मगर कुटिइन् रे । एक गितको छायांकनको क्रममा गायिका ज्योति मगरलाई स्थानिय महिलाहरुले कुटपिट गरे भन्ने समाचार सामाजिक सञ्जालमा भाईरल बन्न थालेपछि ज्योतिलाई फोन उठाउन भ्यान नभ्याई भएको छ । साथै यो कुरा सहि हो या गलत हो भन्ने बिषयमा कसैले पनि यकिन गर्न सकेको थिएन । तस्बिर बिनानै सामाजिक सञ्जालमा बिभिन्न ग्रुपमा पोष्ट भएका त्यस्ता सामाग्रिले ज्योति अझ तनावमा छिन् । समाचार कुनै आधिकारीक वेवसाईटबाट पोष्ट भएको भने होइन ।
गायिका ज्योति मगरले आफुले त्यसको खबर सुन्दा आफै अचम्म परेको बताएकी छिन् । उनले अहिले सामाजिक सञ्जालमा फैलिएको खबर गलत भएको बताएकि छिन् । उनले आफ्नो फेसबुक मार्फत लेख्दै सबैमा यो गलत समाचार भएको र कुनै छायांकन स्थलमा नगएको र नकुटिएको पनि प्रष्ट पारेकी छिन् साथै उनले त्यहाँ उल्लेख भएजस्तो तिजगितको शब्द समेत नभएको कुरा बताएकि छिन् ।
पछिल्लो समय यसरी सामाजिक सञ्जालको दुरुपयोग गरेर कलाकारमाथि बिभिन्न गलत समाचार सम्प्रेषण गरीदिँदा कलाकारहरु थप मर्कामा परेका छन् । ब्लग तथा बिभिन्न फेसबुक पेज, ग्रुपमा यस्तो समाचार पोष्ट हुनेगरेको पाइएको छ ।
ज्योति मगरको भनाई यस्तो छ ।