भदौ, काठमाडौं।

नायिका श्वेता खड्का द्वारा स्थापित सामाजिक संस्था ‘श्वेताश्री फाउन्डेशन’ले चौतारा साँगाचोकगढी नगरपालिकामा निर्माण गर्न लागेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई आर्थिक सहयोग प्राप्त भएको छ। मंगलवार बंगलादेशको स्थापित ढाका क्लबले फाउण्डेशनलाइ २० लाख रुपैयाँ सहयोग गरेको हो। मंगलवार क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई बस्तीमै पुगेर सो रकमको चेक हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरण गरेपछि अधिकृत आलिमले गत ०७२ बैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाएका थिए।

उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष रहेकी नायिका श्वेता खड्का भने उपस्थित थिइनन्। उनी यतिवेला चलचित्र 'कान्छी'को सुटिंगमा व्यस्त रहेकी छिन्।