असोज ६ बाट प्रर्दशनमा आउँदै ‘द मंगोलियन हाट’

भदौ, काठमाडौं।

अन्तर्जातीय प्रेमकथामा आधारिच चलचित्र ‘द मंगोलिनय हाट’ले आफ्नो प्रर्दशन मिति तय गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण पक्षले चलचित्रको रिलिज डेट तथा बिभिन्न पक्षबारे जानकारी दिएको छ। चलचित्र अब असोज ६ बाट प्रर्दशनमा आउने भएको छ।

आर.एल लामाले निर्देशन गरेको यस चलचित्रमा धिरन शाक्य आर.एल लामा, प्रतिक्षा खड्का, रोसनी ब्लोन, सुशिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ, लिला गिरी, माया लामा, बिजया तिखातरी लगायत कलाकारको अभिनय रहेको छ ।

आर्यन र मंगोलियन समुदाय बिच हुने प्रेमकथालाई रोमान्टीक तवरले चलचित्रमा देखाउन खोजिएको चलचित्रमा शंखर महर्जनको द्धन्द्ध, दिनेश प्राख्रिनको नृत्य रहेको छ । चलचित्रको गीतमा मौसम मधुर र संध्या सुनुवारले स्वर दिएका छन्, भने संगीत रिमेश कुमार अमृत लामाको रहेको छ ।

आर.एल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र लंका माया मोक्तानले निर्माण गरेकी हुन् । चलचित्रका सह निर्माता देखिका खड्का, माया लामा, सम्झना शाक्य रहेका छन् ।