जब आँचलले पललाई सोधिन्-के तपाईलाई पाइन्ट लाउन गाह्रो लाग्छ?

भदौ, काठमाडौं।

चलचित्र 'नाई नभन्नु ल ४' बाट जोडीको रुपमा चिनिएका चर्चित नायक पल शाह तथा नायिका आँचल शर्मा यतिवेला दर्शकहरुको रुचाइएको जोडीको रुपमा स्थापित छन्। चलचित्रको पर्दामा जस्तै उनीहरुलाई रियल लाईफमै प्रेमी प्रेमीका मान्नेहरु पनि धेरै रहेका छन्। जसका कारण उनीहरुको केमेष्ट्री पनि चर्चामा आइनै रहेको हुन्छ्।

यसैविच उनीहरुको अनस्क्रिन रोमान्स रहेको चलचित्र जोनी जेन्टलम्यान प्रर्दशनमा आउने तयारीमा रहेको छ। र पल र आँचल यतिवेला चलचित्रको प्रचारप्रसारमा लागेका छन्। यसैविच मिडियासंगको कुराकानीमा पल र आँचलले एक अर्काको बारेमा बताएका छन्।

मिडियासंगको कुराकानीकै क्रममा आँचलले पललाई प्रश्न गरेकी छिन -'पल जी तपाई सधै ट्रयाक लगाएर बजारमा हिँड्नुहन्छ किन ?के तपाईलाई पाइन्ट लाउन  गाह्रो लाग्छ।? जुन तपाई यो कपाल पालिरहनु भएको छ के यो लाखौं युवतीलाई ढलाउनका लागि हो? आँचलले पललाई यस्तो प्रश्न एक मिडियासंगको अन्तरवार्ताको दौरान ऋषि धमला को क्यारिकेचर गर्दै गरेकी हुन्।

चलचित्र 'जोनी जेन्टलम्यान'मा आँचल 'श्री'को भुमिकामा रहेकी छिन् भने पल 'जोनी' को भुमिकामा रहेका छन्। चलचित्रमा आँचलले जोनीलाई जोनीलाइ जेन्टल म्यानकसरी बनाउछिन भन्ने कुरा देखाइएको छ। चलचित्र भदौ ३० बाट प्रर्दशनमा आउने भएको छ।