‘प्रतिष्ठानले नै कलाकारको बिरोध गर्नु राम्रो होईन’: संगितकर्मि संघ

...

साउन, काठमाडौं । तिज गितमा ज्योति मगरको नृत्य अश्लिल भयो भन्दै पछिल्लो समय सामाजिक सञ्जालहरुमा व्यापक बिरोध भयो । दिनमै लाखको अनुपातमा युट्युवमा हेर्न थालिएपछि एकाएक चर्चा फैलिदै गयो । मोडल ज्योती मगर सँग हाँस्य कलाकार सागर लम्साल (बले), हरी निरौला (कक्रोज) र सुरेश थापा (दर्शने) सँगको अभिनयमा बोलिएका सम्बादले भिडियोलाई झनै बजारमा उथलपुथलनै बनायो । यसैबिच बिभिन्न टिकाटिप्पणी भए, कतिले ज्योति मगर नेपालीमा हैन व्लु फिल्ममा खेल्न जानुपर्छ भन्ने प्रतिक्रिया समेत दिए त कतिले त्यहि प्रतिक्रियाका बिचमा पनि ज्योतिले गरेको अभिनय र नृत्यलाई यसरी आरोप लगाउनु र प्रतिक्रिया दिनु राम्रो होइन समेत भनेका छन् । गितका गायक गायिका भन्दा ज्योति मगर यतिखेर चर्चामा छिन् । यो गित ज्योति मगरको नभएर श्री देवि देवकोटाको हो । ज्योति त केवल अभिनयमा मात्र छिन् । गितमा प्रकाश कटुवाल र श्री देवि देवकोटोको स्वर रहेको छ । गितलाई निर्देशन गरेका निर्देशक शंकर बिसीको नाम यो बिवाद भन्दा टाडै छ ।

shankar bc and jyoti magar

ढाडे बिरालो गितको छायांकनमा निर्देशन गर्दै शंकर बिसी

यसैबिच लोकदोहोरी क्षेत्रमा बिकृती फैलिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले एक बिज्ञप्ति समेत निकाल्यो । प्रतिष्ठानले एक बक्तब्य जारी गर्दै अश्लिल गीत तथा भिडियोहरु सार्वजनिक नगर्न ज्योती मगरलाई सचेत गरायो । यसरी प्रतिष्ठानले ज्योति मगरको नाम तोकेर ज्योति मगर, ढाडे बिरोलो सांगितिक एल्बम भन्दै बिज्ञप्ति निकालेपछि अझै यसै बिज्ञप्तिका चौतर्फि बिरोधीहरु पनि भए । कुनै पनि भिडियोमा नृत्य गर्र्दा कलाकारको मात्र भुमिका रहदैन त्यसमा अझ मुख्य भुमिका भनेको निर्देशकको पनि रहन्छ तर प्रतिष्ठानको बिज्ञप्तिमा ज्योति मगरलाई नै अश्लिल भिडियोमा नखेल्न र त्यस्ता भिडियो सार्वजनिक नगर्न सचेत गराउनु पक्कै पनि कसैलाई काखा र कसैलाई पाखा बनाए जस्तै हो ।

राष्ट्रिय संगितकर्मि संघका पदाधिकारीहरु फाईल फोटो

राष्ट्रिय संगितकर्मि संघका पदाधिकारीहरु/ फाईल फोटो

त्यसो त यस भन्दा अघि पनि ढाडे बिरोलो सरहका गित बजारमा नआएका भने होइनन् । गितहरु बजारमा आएसँगै नराम्रा प्रतिक्रिया पनि आएका थिए तर त्यो समयमा प्रतिष्ठानले यसरी नै सचेत बनाएको भने सायदै यसरी दिनानुदिन यस्ता गितहरु बजारमा आउनेथिएनन् । यसरी कलाकारले कलाकारलाई नै गित बजारमा आईसकेपछि सचेत गराउनु भन्दा सेन्सर बोर्डको निर्माण गर्ने तिर लाग्नेहो भने यसको सामाधान पक्कै पनि हुने थियो ।

यसैबिच लोक तथा दोहोरी गित प्रतिष्ठानले निकालेको बिज्ञप्तिमा राष्ट्रिय संगितकर्मि संघले बिरोध जनाएको छ । प्रतिष्ठान भित्रकै पदाधिकारीहरुबाट बजारमा आएका गितहरुको बिरोध नगर्ने तर अन्य कलाकारले यस्ता गित निकाल्दा किन बिरोध गर्ने भन्दै संगितकर्मि संघ प्रतिष्ठान माथि खनिएको हो । यस्तैक्रममा हामीले राष्ट्रिय संगितकर्मि संघका महासचिव राजेन्द्र कु. कार्कीसँग केहि कुरा गर्यौं, उनको भनाई यस्तो थियो, “एउटा कलाकारलाई मात्र टार्गेट गरेर यसरी आलोचना गर्नु भन्दा सेन्सर बोर्ड निर्माण गर्न तर्फ लाग्नु राम्रो हो । म संगितकर्मि संघको महासचिव भएको नाताले पनि के भन्न चाहान्छु भन्दा हाम्रो संस्था बिगत पाँच बर्ष देखि नै यहि बिषयमा कुरा उठाउँदै आएको संस्था पनि हो । हामी कलाकारले कलाकारको बिरोध गरेर मात्र बस्छौं, समाधान तिर लाग्दैनौं । यदि यसरी नै बिरोध गर्दै जाने हो र गितहरु रोक लगाउँदै जानेहो भने कैयांै यस्तो गित छन् जुन रोक लगाउनै पर्ने छन् । त्यसैले यस्तो काम प्रतिष्पर्धाका लागि मात्र नगरौं भन्न चाहान्छु । यहाँ त कलाकार भित्रै पनि कसैलाई काखा र कसैलाई पाखा बनाए जस्तै भो, किन की प्रतिष्ठान भित्र कै कलाकारले यस्ता गित निकाल्दा गुपचुप हुने तर बाहिरको कलाकारले निकाल्दा किन बिरोध ? यदि बिरोध र्न गर्ने हो भने सबैलाई गर्नु पर्यो । त्यसैले हाम्रो संस्था आन्दोलनको चरणमा पनि छ ।”

यसैबिच ‘ढाडे बिरालो’ तिज गितका गायक प्रकाश कटुवाल सँग पनि हामीले केहि कुरा गरेका छौं ।
१. प्रतिष्ठानले तपाईले गाएको गित रोक लगाउनु पर्छ भन्ने बिज्ञप्ति निकालेको छ नि के भन्नु हुन्छ ?
म प्रतिष्ठानको कलाकार होइन, यदि हुन्थे भने मलाई पनि शंकर बिसी जस्तै ढाकछोप गर्नुहुन्थ्यो होला । त्यसमा पनि मैले प्रतिष्ठानको बिरोध गर्ने कुैपनि नराम्रो काम गरेको छैन । गितले एकैदिनमा लाखको अनुपातमा दर्शकको मन जित्न थालेपछि कतिपय मेरा आफ्नै बिरोधी साथीहरुलाई ज्वरो आउने र टाउको दुख्ने समस्या आएको छ , यो समस्या केहि दिनमा ठिक हुन्छ ।

२. तपाईहरु भन्दा ज्योति मगर अगाडि मुछिनु भएको छ नि, ज्योति मगरको गित हो र ?
एक त प्रतिष्ठानलाई म राम्रो संग सम्झाउन चाहान्छु । ज्योति मगरले मोडलिङ मात्र गरेकी हुन् यो गित ज्योति मगरको नभएर श्री देविदेवकोटाको हो जुन तपाई भिडियोमै देख्न सक्नुहुन्छ । अनि कसरी भन्न मिल्छ ज्योति मगरको ढाडे बिरालो गित भनेर ? तपाईहरु भ्रममा नपर्नुस यो गित श्री देवी देवकोटा कै हो ।

prakash katuwal

गायक प्रकाश कटुवाल

३. तपाईका त यस्ता धेरै गित छन् । यो भन्दा अघिको बर्ष पनि कनाई देउन बाई पनि केहि बिवादमै आएको गित हो, त्यतिखेर रोक लगाउनु पर्छ भन्ने आवाज उठेन ?
केहि प्रतिशत साथीहरुले बिरोध गरेका थिए । बिरोध गर्नेमा दर्शक स्रोता नभएर मेरो भलो नचाहनेहरुले बिरोध गरेका थिए । सबै तिर देख्न सकिन्थ्यो त्यहि तिजको गितमा महिला दिदिबहिनीहरु रमाईरहनु भएको थियो । म पनि त्यो बेला धेरै कार्यक्रममा पुगैं , सबैठाउँमा रमाईरहनु भएको थियो कसरी नराम्रो भनौं ।

४. ढाडे बिरालो गितलाई प्रतिष्ठानले त रोक लगाउनु पर्छ भन्यो, तपाईले दर्शक स्रोता बाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
प्रतिष्ठानलाई गित सेन्सर गर्ने अधिकार छैन र ज्योति मगरको कपडा नाप्ने अधिकार पनि प्रतिष्ठानलाई छैन । त्यसकारणले आफ्नो आङमा भैसी हिडेको नदेख्नेले के कुरा गरौं र । र दर्शक स्रोताको कुरा गर्दा मैले बुझे सम्म कताकति बिरोध हुनु स्वभाविक नै हो तर बिरोध भन्दा धेरै मैले राम्रो प्रतिक्रिाया पाएको छु । अब एउटा ड्याङमा मुला रोप्दा सबै एकै खालका हुन्छन् भन्ने छैन नि हैन र ।

५. तपाईको भनाईमा त दर्शक स्रोता भन्दा प्रतिष्ठानको बिरोध हो भन्ने बुझियो नि । बिरोध गर्नेहरुका लागि के भन्नु हुन्छ ?
सर्बप्रथम त बिरोध गर्नेहरु जो हुनुहुन्छ उहाँहरुकै घरको टेलिभिजन बन्द गर्नुपर्छ किनकी त्यो टेलिभिजनमा नेपाली च्यानल भन्दा बिदेशी च्यानल बढि हेरीन्छ । र संस्कृतिकै कुरा गर्नेहो भने पनि एउटै घरमा पनि छोरालाई अंग्रेजी गित, छोरीलाई हिन्दि र आमाबाबुलाई नेपाली गित मन पर्छ होला । त्यसैले यस्ता गित मन नै नपर्ने भन्ने हुँदैन । तै पनि हामीले ल्याएको ढाडे बिरालो गितमा त्यति धेरै अश्लिलता छैन जस्तो लाग्छ । छोटो लगाएर भित्री बस्त्र देखाईयो भन्ने आरोप पनि लगाइयो, भिडियोमा पुरै अंगप्रदर्शन त भएको छैननी ।

गायक प्रकाश कटुवालको कुरा सुन्दा हामीलाई लाग्यो दर्शक स्रोता भन्दा पनि कलाकारले नै बिरोध गरेका छन् । तर भिडियो कै कुरा गर्दा यो भन्दा अघि पनि थुप्रै भिडियो बजारमा आएका छन् जुन तिज सँगै सम्बन्धित छन् । यो भन्दा अघि आएका तिज गितहरु ‘पोईला जान पाम’, ‘खिच्देउ एउटा फोटो’, ‘कनाई देउ न बाई’ जस्ता गितहरुपनि बिरोध गर्नु पर्ने गित हुन् । पछिल्लो समय लोकदोहोरी भित्र आएको बिकृतीलाई हटाउन बजारमा आईसकेपछि भिडियोलाई रोक लगाउन तिर भन्दा अगाबै कदम चाल्नु आवश्यक देखिन्छ । बिभिन्न रेष्टुरेण्टहरुमा लोक दोहोरीको नाममा भएका अश्लिलता लाई रोक्नु आवश्यक छ । दोहारी साँझ भनेर दिइएका नाम भित्र टेवलमा बसेर रितिरिवाज र लोकसंस्कृति बोकका शब्दलाई लाई गाँसेर दोहोरी गाईदैन किनकी त्यहाँ बसेर रक्सी र हुईस्की पिउनेहरुको पैसामा भर पर्छ त्यसैले सर्वप्रथम यस्ता कार्यलाई पनि रोकको आवाज उठाउनु आवश्यक छ ।