नवलपरासीमा शुरु भयो ‘प्रथम अमरापुरी महोत्सव’

...

<pre>असोज, नवलपरासी । </pre><p style="text-align: justify; ">नवलपरासीको अमरापुरीमा १० दिनसम्म चल्ने प्रथम अमरापुरी महोत्सव २०७४ शुरु भएको छ । हिजो बिहिबारबाट शुरु भएको महोत्सव असोज १३ गतेसम्म चल्नेछ । महोत्सवको पहिलो दिन बिभिन्न कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झल्किने नृत्यहरु पनि देखाइएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">सिचाई मन्त्री सन्जय गौतमले उद्घाटन गरी शुरु भएको यो महोत्सवको पहिलो दिनमा कलाकार भरत केसी र उमादेवी खनालले आफ्नो प्रस्तुती दिएका थिए । कलाकार संयोजक राजकुमार सिग्देलका अनुसार दश दिनसम्म चल्ने यो महोत्सवमा राष्ट्रियस्तरका थुप्रै कलाकारहरु महोत्सवमा आउने बताए । उद्घाटन समारोहमा अमरापुरी डान्स आईडलका १० जना नृत्य गरी स्वागत गरेका थिए &nbsp;।</p>