
<pre><b>असोज, काठमाडौं।
</b></pre><p>गायक ससान कडेँल र गायिका अर्पणा श्रेष्ठ आफ्नो नयाँ युगल गीत लिएर दर्शक स्रोतामाझ आएका छन्। उनीहरुको ‘अघि बढौँ’ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित नायिका तथा मोडल माला लिम्बु को हट अभिनय रहेको छ। साथै भिडियोमा ससान कडेँल, आरजेश, देव, शंकर र विनोदको अभिनय रहेको छ । भिडियोमा यी चार जनाको रोमान्स रहेको छ । </p><p>भावना खतिवडाको शब्द रहेको यस गीतमा कल्याण सिंहको संगीत रहेको छ। गीतको भिडियोलाई उत्सव दाहालले खिचेका, भने सिर्जन बरालको कोरीयोग्राफी तथा निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोलाई गायक ससानले नै निर्देशन गरेका हुन् । </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/Kl_SIlvWFgw" width="640" height="360" class="note-video-clip"></iframe><br></p>