असोज,काठमाडौं।

बलिउड एक्ट्रेस करीना कपूर आज (२१ सेप्टेम्बर)बाट ३७ वर्ष पुगेकी छिन्। आफ्नो अभिनय र सुन्दरता का कारण बलिउडमा छुट्टै पहिचान बनाएकी करिना अहिले बलिउडकी सुपरस्टारको रुपमा गनिन्छिन्। आज हामी उनको जन्मदिनमा तपाईलाई उनको बारेमा केही रोचक कुराहरु जानकारी दिँदै छौ जुन तपाईलाई थाहा नभएको हुनसक्छ्।

फिल्म 'फिदा' बाट करिनाले बलिउडमा डेब्यु गरेकी थिईन्। जसमा उनले नेगेटिभ भुमिका निभाएकी थिईन्।
मधुर भंडारकर को फिल्म हिरोइन मा उनले १३८ बटा फरक फरक ड्रेस लगाएकी थिईन्।
करीनालाई योगा निकै मन पर्छ र उनी दिनहुँ योगा गर्ने गर्छिन्।
उनले फिल्म देवमा गीत पनि गाएकी थिईन्।

अमृता अरोरा , ईशा देओल, कोन्कणा सेन शर्मा र तुषार कपूर उनको आत्मिय साथीहरु हुन्।
करीनाले संजय लीला भंसाली को देवदासमा पारोको रोलको लागी अडिसन दिएकी थिईन्। यो रोल पछि ऐश्वर्यालाई मिलेको थियो।
उनी एक लेखिका पनि हुन्। उनले करीना कपूर द स्टाइल डायरी अफ अ बलीउड डीवा लेखेकी छिन्।
करीनाले ५ फिल्मफेयर अवार्ड जितेकी छिन्।
फिल्म अशोकाको लागि उनले तरवारवाजी को तालिम लिएकी थिईन्।
करीना शाकाहारी हुन्,
करीनालाई मन पर्ने फिल्महरुमा द ब्रिजेज अफ मेडिसन कन्ट्री ,टाइटानिक, कयामत से कयामत तक दिलवाले दुल्हनिया ले जाएंगे र प्रेम रोग पर्छन्। एजेन्सी