कोमल वली दाङ बाट प्रत्यक्ष रुपमा चुनावमा उठ्ने

...

<pre><b>असोज,काठमाडौं।</b></pre><p>आगामी मंसिर महिनामा हुने प्रदेश चुनावमा गायिका तथा सञ्चारकर्मी कोमल ओली उठ्ने भएकी छिन् । बुधबार गायिका मञ्जु पौडेलको गीति भिडियो सार्वजनिक कार्यक्रममा कोमलले गृह जिल्ला दाङ क्षेत्र ३ बाट आउँदो प्रदेश चुनावमा प्रत्यक्ष रुपमा उठ्ने उद्घोष गरेकी हुन् ।</p><p>‘म आउने चुनावमा उठ्दैछु सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुहोला’, कोमलले भनिन्, ‘म देशकै सेवा गर्छु गीत पनि गाउँछु । प्रदेशको चुनावमा उठ्ने भएपनि कोमलले पार्टीको नाम भने उल्लेख गरिनन् । कोमल कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छिन् । कुन दलबाट उठ्ने भन्ने कुराको छलफल चल्दैछ, कोमलले भनिन् ।</p><p>कोमलले यसो भन्दा उनले पार्टी परिवर्तन गर्ने हुन् कि भन्ने बुझ्न सकिन्छ । मिडियामा आएअनुसार उनी राप्रपाबाट एमालेमा प्रवेश गर्दैछिन् ।</p>