
<pre><b>असोज, काठमाण्डौ । </b></pre><p style="text-align: justify; ">नेपाली संगीतका भर्सटाइल गायक तथा संगीतकार शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार तथा कवि श्वेता मैनालीका शब्दमा रहेको ुबर्षौं भो छोडेकोु बोलको गीतको भिडियो दशैँको शुभ मुहर्त पारेर सार्वजनिक भएको हो ।</p><p style="text-align: justify; ">मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक भएको 'नभेटी नभेटी'को भाग दुईको रुपमा यो गीत ल्याईएको हो । यस गीतमा नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको जीवन कथा, आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई उतारिएको छ ।</p><p style="text-align: justify; ">ब्रायन राईको निर्देशन तथा छायांकनमा बनेको गीतको भिडियोमा नेपाली रंगमञ्च क्षेत्रका सुलक्षण भारती तथा केनिपा सिंहको जिवन्त अभिनय रहेको छ । यस गीतमा बिनय कंसाकारको सम्पादन रहेको छ ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/ZMn9ChhOqCk" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>