असोज, काठमाडौं ।

नेपालको चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजनागर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको छ । वार्षिकोत्सव समारोहमा ‘द हिडेन ट्रेजर’का अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाईदिदै घोषणा गरेका हुन् । कार्यक्रम राजधानीको अन्नपूर्ण होटेलमा सम्पन्न भएको थियो ।

६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ, जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्वगर्दै जानेछिन् । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिलेसम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन । पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजना भएसंगै ‘द हिडेन ट्रेजर’ले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन पाउने अधिकार पाएपछि सन् २०१२ किमिस नेपाल अर्थ समेत रहेकीनग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । मिस युनिभर्समा सहभागी हुन् नग्मा नोभेम्बर ५ मा अमेरिका लाग्नेछिन ।