
<pre><b>असोज, काठमाडौं। </b></pre><p>बलिउड स्टार वरुण धवन को फिलम ‘जुडवा २ को दर्शकहरुमा निकैनै प्रतिक्षा रहेको छ। यो फिल्म २००७ मा आएको सलमान खान को जुड्वा को सिक्वेल रहेको छ। यस फिल्ममा भने वरुण धवन डबल रोलमा देखिएका छन्। यसैविच हालै वरुण धवनले फिल्म जुड्वा २ को बारेमा चर्चा गर्दै आफ्ना फ्यानहरुलाई सलमानसंग जोडिएको मजेदार कुरा सुनाएका छन्। जसमा उनले सलमानले आफुलाई गाली गरेको किस्सा घटना पनि सुनाएका छन्। </p><p>वरुणका अनुसार जब फिल्म ‘जुड़वा’को ट्रायल शोको दौरान सलमान खान सेटको बाहिर गन्जी र सर्ट लगाएर उभिएका थिए। र म त्यति बेला सानै थिएँ। मैले सलमानलाई देखेर उत्साहित हुँदै अंकल भनेको थिए त्यसपछि सलमानले मलाई गाली गरे। र भने यदि तिमीले मलाई अंकल भन्यौ भने म तिमीलाई थप्पड हान्छु, तिमी मलाई दाई भन्न सक्छौ। हुनत यो फ्यानहरुको लागि यो भन्नु पर्ने कुरा होइन सलमानले यो सब मजाक मा भनेका हुन सक्छन्। </p><p>यसका साथै वरुणले जुड्वा २ संग जोडिएको एक अर्को घटना सेयर गरेका छन्। उनले जुड्वा २ को सुटिंगको दौरान सलमानले आफुलाई केही जिन्स दिएको बताएका छन्। जुन जुड्वाको सुटिंगको दौरान सलमानले लगाएका थिए। उनले जुड्वा २ मा आफुले काम गर्ने थाहा पाएपछि सलमानले जुड्वामा आफुले लगाएको सबै जिन्स दिएको बताए। एजेन्सी</p>