
<pre><b>असोज, काठमाडौं।</b></pre><p>हर्षोउल्लासको पर्व दशैं हरेक नेपालीहरुको घरदैलोमा आइसकेको छ। दशैं आएलगत्तै सपिंग गर्ने ,घुम्न जाने तथा आफ्ना बुबा आमा तथा आफन्तहरुबाट आर्शिवाद लिने, मिठो खाने भन्ने सम्झिइन्छ्। नेपाली सेलिब्रेटीहरुका लागि पनि दशैं निकै विशेष हुने गर्छ। यस्तैमा हामीले केही सेलिब्रेटीले दशं कसरी मनाउँदैछन् भन्ने जानकारी दिँदै छौं। </p><p>नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय निकैनै चर्चित बनेकी नायिका हुन् प्रियंका कार्की। उनले यसपालीको दशैं एकदम विशेष हुने बताउँदै आफ्नो चलचित्र 'छक्का पंजा २' का कारण पनि अझ विशेष हुने बताईन्। दशैंमा सपिंग गर्ने कुरामा भने उनले भनिन्- 'दशैंमा सपिंग गर्न छोडेको धेरै वर्ष भइसक्यो। सपिंग गर्नका लागि भनेर दशैं कुर्ने गरेको छैन्। 'छक्का पंजा २' फुलपाती बाट देशभर प्रर्दशनमा आउँदैछ। र यससंगै परिवार र आफन्तको साथै दर्शकहरुको साथमा आर्शिवाद लिन आउँछौं। यसपाली अलि विशेष दशैं हुनेछ। </p>