<pre><b>असोज, काठमाडौं। </b></pre><p>बलीउडमा स्टारको रुपमा चर्चा कमाइरहेका बरुण धवन आफ्नो करियरलाई लिएर पनि निकै गम्भिर भएका छन्। एकातर्फ उनको फिल्म 'जुड्वा २' रिलिज हुने क्रममा रहेको छ भने अर्को तर्फ सोशल मिडिया बाट उनी टाढा जान खोजेका छन्। सबै सेलिब्रेटी हरु पछिल्लो समय सोशल मिडियामार्फत फ्यानहरुसंग नजीकिरहेका बेलामा वरुण भने यसबाट टाढा रहन चाहन्छन्। बताइएअनुसार वरुण धवन आफ्नो आगामि फिल्म 'अक्टोबर' लाई लिएर निकै उत्साहित छन्। यसकारण उनले सोशल मिडियाबाट टाढा रहने फैसला गरेका हुन्। वरुण धवनको नजिकका व्यक्तिले यो जानकरी दिएका हुन्। बताइएअनुसार सुटिंगको दौरान वरुण सोशल मिडियाबाट टाढा रहनेछन्। वरुणले दुई पर्ष अघि बदलापुर जस्तो एक्शन रिवेन्ज ड्रामा फिल्म मार्फत दर्शकहरुलाई चकित पारेका थिए। र यसपटक पनि उनी त्यस्तै भुमिकाको साथमा जबरजस्त एक्शनको साथमा आउनेछन्। एजेन्सी</p>