
<pre><b>असोज,काठमाडौं। </b></pre><p> रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर को अपकमिंग फिल्म 'पद्मावती'को यतिवेला दर्शकहरु निकैनै पर्खाईमा रहेका छन्। फिल्ममा रणवीर सिंहको लुक्सरिलिज भइसकेको छ।तर फिल्म निर्माता भने यतिवेला निराश भएका छन्। फिल्ममा रणवीरको लुक्स निर्माताले रिलिज गर्नु अघिनै सोशल मिडियामा लिक भएपछि निर्माता हरु निराश भएका हुन्। मिडिया का अनुसार सोशल मिडियामा रणविरको लुक्स लिक हुने बित्तिकै रणवीर सिंहले ट्वीट मार्फत आफैं रिलिज गरेका थिए। यस अघि फिल्ममा दिपिका र शाहिदको लुक्स रिलिज भइसकेको छ। फिल्ममा रणविरको लुक्स निकैनै जबरजस्त बनेको छ। फिल्म १ डिसेम्बरमा रिलिज हुने भएको छ। </p><div><br></div>