
<pre><b>असोज,काठमाडौं। </b></pre><p>बलिउड सुपरस्टार आमिर खान र भारतीय क्रिकेटर विराट कोहली पहिलो पटक एकसाथ एकै स्टेजमा देखिने भएका छन्। भारतीय मिडियाका अनुसार आमिर र विराट एक विशेष च्याट शो गर्दै छन् जुन तिहारमा प्रशारण हुने भनिएको छ।यसको सुटिङ भइरहेको छ र यसक्रमका केही तस्बिर सार्वजनिक भएका छन्।यस शो मार्फत दर्शकहरुले आफ्ना सेलिब्रेटीहरुको बारेमा जान्न पाउनेछन्। शोमा उनीहरुले आफ्नो जिवनका कुराहरु शेयर गर्ने भएका छन्। </p><p><img src="http://artistkhabar.com/uploads/posts/c8628fd27d5d745e0ae5ef1def9ad8c21507095524.jpg" style="width: 739px;"><br></p><p>आमिरको फिल्म 'सीक्रेट सुपरस्टार' १९ अक्टोबरमा रिलिज हुने क्रममा रहेको छ। फिल्मलाई आमिर र उनको पत्नी किरण रावले निर्माण गरेका हुन्। एजेन्सी</p>