<pre><b>असोज, काठमाडौं। </b></pre><p>खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान द्वारा हरेक वर्ष प्रदान गरिँदै आएको साहित्यिक पुरस्कार बाट तीन स्रष्टा सम्मानित भएका छन्। प्रतिष्ठानबाट प्रदान गरिएको यस वर्षको ‘पद्मश्री साधना सम्मान’ लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेले प्राप्त गरेका छन्। त्यस्तै युवाकवि नवराज पराजुलीलाई ‘पद्मश्री साहित्य पुरस्कार’बाट सम्मान गरिएको छ।</p><p> बिहिबार रसियन कल्चर सेन्टरमा आयोजित एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष तथा लेखक जीवा लामिछानेद्वारा प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक स्रष्टालाई दुईर दुई लाख रुपैयाँ नगद र प्रमाणपत्रले हरेक वर्ष सम्मान गर्दै आएको छ ।प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन साहित्यिक सम्मान प्रदान गर्दै आएको छ। </p><p>यसअघि प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ आख्यानकार स्वर्गीय मदनमणी दीक्षित, वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, धुर्वचन्द्र गौतम र वैरागी कायँला साथै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गरिसकेको छ ।</p>