‘नेपथ्य’को साथमा झुम्यो कोरिया ओलम्पिक पार्क

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>सांगीतिक क्षेत्रको चर्चित व्यान्ड नेपथ्य यतिवेला कोरिया पुगेको छ। कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसर पारेर आयोजना गरिएको कन्सर्टका लागि नेपथ्य टिम कोरीया पुगेका हुन्। यसैविच&nbsp; बुधबार दक्षिण कोरियाको सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा नेपथ्यले आफ्नो दरिलो प्रस्तुती दिएको छ । नेपथ्यका चर्चित गीतहरु पस्किँदा दर्शकहरुले राम्रो साथ दिएका थिए। ब्याण्डका गायक अमृत गुरुङले आफ्ना चर्चित गीतहरु गाएका थिए। दक्षिण कोरियाको राजधानीमा नेपथ्यले पाँचौ प्रस्तुती दिएको थियो ।</p><p>कन्सर्टमा अमृतलाइ ध्रुव लामाले ड्रम सेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले गितारमा, निरज गुरुङले गितारमा र शान्ती रायमाझीले मादलमा साथ दिएका थिए । नेपथ्यले करिब २ घन्टा आफ्नो प्रस्तुती दिएको थियो ।</p><p><br></p>