कंगना संगको विवादमा ऋतिकले दिए यस्तो जवाफ

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>बलिउड कलाकार कंगना रनावत र ऋतिक बिचको पछिल्लो समय चलिरहेको विवादले अब नयाँ मोड लिएको छ।&nbsp; अहिले सम्म मिडियामा कंगनाले ऋतिकलाई लगाएको आरोप बाहिरिएको थियो । र यस विषयमा ऋतिक मौन रहेका थिए।&nbsp; अब भने ऋतिकले यस विषयमा आफ्नो जवाफ दिएका छन्।&nbsp;<br>&nbsp;उनले आफ्नो फेसबुक र ट्वीटरमार्फत एक सन्देश शेयर गदैृ कंगनाले लगाएको सबै आरोप झुट भएको बताएका छन्। र उनले कंगना संग व्यक्तिगत रुपमा नभेटेको&nbsp; बताएका छन्। पछिल्ला दिनहरुमा आफुसँग जोडिएर आएका समाचारहरु झुठा भएको दावी गर्दै&nbsp; ऋतिकले भनेका छन्, ‘‘कंगना र मेरो पेरिसमा भएको भनिएको ईंगेजमेन्टको कुनै ठोस प्रमाण छैन् । २०१४ मा मैले कंगनासँग कुनै ईंगेजमेन्ट गरेको छैन् ।’’ उनले कंगना महिला भएका कारण सवैले उनको कुरा पत्याएको बताएका छन् ।उनले लेखेका छन्&nbsp; ‘‘कंगना महिला भएकै कारण सवैले विश्वाश गरे, किनकी कुनैपनि महिला यस्ता कुरा किन गर्लान ।’’&nbsp; एजेन्सी</p>