पार्वती राई भन्छिन् -‘बिहेपछि स्वतन्त्र छोडिदिने केटा चाहिन्छ’

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>&nbsp; नेपाली नृत्य क्षेत्रमा छुट्टै स्थान बनाएकी कलाकार पार्वती राई यतिखेरकी व्यस्त कलाकारको रुपमा चिनिन्छिन्। कुनै पनि&nbsp; गितमा नृत्यको लागि&nbsp; कलाकारलाई छान्नुपर्दा पार्वती राईको नाम नै अगाडि आउँछ किनकि उनको नृत्य कला जो कोहिलाई पनि मन पर्छ । आम दर्शकको रोजाईमा पनि उनै पार्वती पर्छिन त निर्माता तथा निर्देशकको रोजाईमा पनि पार्वती नै परेको पाईन्छ ।&nbsp; उनले अहिलेसम्म ४ सय भन्दा बढि गितमा नृत्य गरिसकेकी छिन् ।&nbsp;</p><p>उनै पार्वती राईले हालै&nbsp; आर्टिष्टखवर संगको कुराकानीमा आफ्नो जिवनको बारेमा बताएकी छिन्। अहिले सम्म अविवाहित रहेकी उनले विवाहपछि आफुलाई स्वतन्त्र&nbsp; छोडिदिने केटा चाहिने बताएकी छिन्। 'जे कुराको पनि समय आउँछ समय कुर्दैछु। हतार गर्न हुन्न भन्छन्। असल मान्छे चाहियो गुण राम्रो भएपछि अरु चाहिन्न पैसा त म नै कमाइहाल्छु'। उनले भनिन्-' बिहे पछि मलाई नाच्न दिने मलाई स्वतन्त्र छोडिदिने तथा मेरा अधिकारहरुमा थिचो मिचो नगर्ने केटा चाहिन्छ्'।&nbsp;&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/rHEp0hFfJxg" width="640" height="360" class="note-video-clip"></iframe><br></p>