पशुपति शर्माको ‘तिहारैमा देउसीरे’ सार्वजनिक (भिडियो)

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>नेपालीहरुलाई यतिवेला चाडपर्वले निकै छोएको छ। भर्खरै मात्र दशैंको समाप्ति पछि अब तिहारको आगमन हुँदैछ्।&nbsp; तिहार आउने क्रममा सांगीतिक बजारमा दशैं तिहारका गीतहरु पनि निकै आउन थालेका छन्। तिहार आउँदै गर्दा देउसी र भैलोको गीतहरुपनि निकै घन्किन थालेका छन्।&nbsp;</p><p>यसैविच चर्चित लोकगायक पशुपति शर्माले आफ्नो देउसी भैलो गीत&nbsp; दर्शक स्रोतामाझ ल्याएका छन्। उनको गीत 'तिहारैमा देउसीरे'को भिडियो हालै सार्वजनिक भएको छ। पशुपति शर्मा र टिका पुनको आवाजमा रहेको यस गीत निकैनै सुमधर बनेको छ। पशुपति शर्माकै लय तथा शव्दमा रहेको यस गीतको भिडियोमा पशुपति शर्मा करिश्मा ढकालको साथै अन्य कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/nxdH9wJ9Gf4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>