असोज, काठमाडौं।

मगर समुदायको वास्तविक जीवन कथामा आधारित चलचित्र लर्फु (पछ्यौरी)को च्यारिटी शो गरिएको छ। देबचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले च्यारिटी शोको उद्घाटन गर्दै मगर जाती सस्कृती धनी रहेकाले यसको संरक्षण गर्न चलचित्रले टेवा पुग्ने बताएका छन्।। चलचित्रका लेखक तथा निर्देशक चेतन रजाली मगरले राज्यबाट उपेक्षित मगर समुदायको वास्तविक जीवन शैलीको उजागर गर्ने र लापोन्मुख मौलिक कला संस्कृतिलाई झल्काएको बताएका छन्। उनले भने “राजनीतिकमा पहुंच नहुनाले मगर समुदायले भोग्नुपरेको समस्या उतारेका छौं ।”

त्यस्तै कार्यक्रममा बाल्दै मगर चलचित्र लाङ्घौ रोहका नायक, देबचुली देलीभिजनको अध्यक्ष तथा प्रबन्धक निर्देशक केबी रानाले यस चलचित्रले दुर्गम भेगमा वस्ने राज्यवाट उपेक्षित समुदायको यथार्तलाई चित्रण गरेको बताउनुभयो। नेपालमा भाषिक समस्याका कारण मगर कलाकारहरु फिल्मी कलाकारितामा व्यवसायिक वन्न नसकेको चर्चा गर्दै नायक रानाले लर्फुले व्यवसायिक कलाकार उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

च्यारिटी शोमा नायक नारायण सारु नायिका रुपा थापा, कलाकारहरु भिम गाहा, ओम कला सिंजाली, सहज राना, कोट बहादुर वाचे, कृष्ण राना, मुक्तिराम पाण्डे, दिपक भण्डारी, डा. छविलाल थापाल लगायत २ दर्जन कलाकारहरुले अभिनय गर्नुभएको छ । भिआईपी शो भएकाले यस लगतै देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, बुलिङ्गटार, बौंडीकाली लगायत स्वदेश र विदेशमा समेत फिल्म देखाउने योजना रहेको फिल्म निर्माता अमर घर्ती मगरले जानकारी दिनुभयो ।

सन्तोष पिठाकोटेले छायाङ्कन, दिपेन्द्र थापा सह–छयाङकन र छवि रानाले सम्पादन गरेको यो चलचित्र कावासोती, देवचुली र काठमण्डौंमा छायाङ्कन गरिएको हो ।