भदौ, काठमाडौं । फिल्म ‘के म तिम्रो होइन र’ का मुख्य कलाकार तथा प्राविधिक सदस्य फाईनल भएका छन् । अधिकारी ब्रदर्श पिक्चर्स र द् स्काइ मुभिज प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्ममा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भुमिकामा प्रस्तुत हुने भएका छन् । आर्यन र मरिष्का यसैफिल्मबाट नायक र नायिकामा उदाउँदै छन् । फिल्मलाई आकाश अधिकारीले निर्देशन गर्ने छन् । फिल्मका कार्यकारी निर्माता सुरेश अधिकारी हुन् ।
त्यस्तै अभिनेत्री गौरी मल्ल र वरिष्ठ कलाकार मिथिला शर्मा पनि ‘के म तिम्रो होइन र’ मा महत्वपूर्ण भूमिकामा प्रस्तुत हुँदैछन् । नायक प्रज्जवल गिरी पनि यो फिल्ममा पक्का भएका छन् । यम थापाको स्क्रिप्ट रहेको फिल्ममा बसन्त सापकोटा र तारा प्रकाश लिम्बुले संगीत दिएका छन् भने कोरियोग्राफी रेनशा वान्तवा राईको रहनेछ ।
फिल्मलाई नवराजकृष्ण थापाले खिच्नेछन् भने फिलममा समावेश गरीने द्धन्द्धलाई हिमाल केसीले हेर्नेछन् । राजधानी आसपासका क्षेत्रमा छायाँकन गरिने फिल्मको यसै साता कास्ट एण्ड क्रुउ बिच ‘स्टोरी टेलिङ’ समेत गरियो । छायाँकन यही भदौ २१ गते बाट सुरु हुने छ ।