
<pre><b>असोज, काठमाडौं।</b></pre><p style="text-align: justify; ">नेपाली सिनेजगतमा यतिवेला नायक प्रदिप खड्काको निकै चर्चा चलेको छ। केही समय अघि निर्माणघोषणा गरिएको चलचित्र 'लिलिबिली'मा २२ लाख पारिश्रमिक लिएको खवरले पनि सिनेनगरी निकै तताएको थियो। उनको यो चलचित्र कात्तिक ७ बाट छायांकन हुने बताइएको छ। अधिकांश छायांकन बेलायत र स्कटल्याण्डमा गरिने बताइएको चलचित्रको निर्माण पक्ष भने यतिवेला तनावमा परेको छ। छायांकनका लागि बेलायत जाने तयारी गरिरहेका निर्माण पक्षलाई चलचित्रकी नायिका रेविका गुरुङको भिषा आवेदन नेपालस्थित बेलायती दूतावासले अस्वीकृत गरे पछि निर्माण पक्ष तनावमा परेको हो।</p><p style="text-align: justify; ">रेविकाको भिषा अस्वीकृत भएपछि कलाकारसहितको जम्बो टोली कात्तिक ७ गते बेलायत उड्ने तयारी चौपट भएको छ । लायती दूतावासले भिषा नदिएपछि चिन्तित देखिएकी रेविकाले चलचित्रका लागि तौल समेत घटाएकी थिइन् । चलचित्रमा प्रदीपले रेविका र जसिता गुरुङसँग रोमान्स गर्दैछन् । </p>