बाल एकल अभिनय महोत्सव हुने

असोज काठमाडौ ।

राष्ट्रिय बाल एकल अभिनय महोत्सव आयोजना हुने भएको छ । काठमान्डौ प्रज्ञा कुञ्ज स्कुलले यहि आउदो कात्तिर्क २०, २१ र २२ गते शिल्पी थिएटरमा उक्त महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा देशभरीबाट ३० वटा स्कुलहरु सहभागी हुँदैछन् । बालबालिकाहरु सक्षम तथा ब्यवहारिक हुनका लागी पढाएर, सिकाएर मात्र नहुने भन्दै उनीहरुको पढाई माझिएर प्रयोगमा आउनु आवश्यक हुने भन्दै यो महोत्सव गर्न लागिएको बताइएको छ ।
महोत्सवमा सहभागी विद्यार्थीहरुलाई अभिनय सम्बन्धी कार्यशाला पनि सञ्चालन गरिने बताइएको छ । महोत्सवमा सहभागी बालबालिकाहरु मध्ये उत्कृष्ट अभिनय, उत्कृष्ट प्रस्तुती र उत्कृष्ट नाटक देखाउनेलाई नगद रु. ५ हजार  बाट पुरस्कृत पनि गरिने महोत्सव निर्देशक टंक चौलागाईंले जानकारी दिएका छन् ।