पल शाहको नक्कली फेसबुक बनाइ ठगि गर्ने पक्राउ

असोज, काठमाडौं ।

नायक पलशाहको नाममा नक्कली फेसबुक अकाउन्ट बनाई ठगि गर्दै आएका बिराटनगरका आमोद भट्टराई पक्राउ परेका छन् । आमोदले बिगत लामोसमय देखी पल शाह नामको फेसबुकबाट सर्वसाधारणलाई झुक्काई सक्कली पल शाह हुँ भन्दै बाढी पिडितका लागी सहयोग माग्दै आएका थिए । उनलाई न्युज २४ टेलिभिजनको टिमको सहायताबाट सि.आई.बि.को बिशेष टोलीले पक्राउ गरेको हो ।

आमोदले चलाउदै आएको उक्त नक्कली अकाउन्टमा रुकुमकि शर्मिला कठायतले किस्ता–किस्तामा रु. ३१ हजार नगद पठाईसकेकी थिइन् । शर्मिलाले उक्त नक्कली फेसबुक आईडीमा बाढी पिडितको सहयोगका लागी आग्रह गरिएको पोष्ट देखेपछि फोन सम्पर्क गरिन् र सहयोग पनि गरिन् । उनले किस्तामा पटक पटक आईएमई गरि रकम पठाएकी थिइन् । पछि उनलाई नक्कली आईडी भन्ने थाहा भएपछि टेलिभिजनसँग सम्पर्क गरेकि थिइन् । आमोदले पलशाहको म्यानेजर भनेर देश तथा बिदेशमा रहेका बिभिन्न ब्यक्तिहरुलाई सहयोग रकम माग्दै आएका थिए । यस समाचारको बिशेष रिपोर्ट न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँगमा पनि प्रसारण भएको थियो ।

नायक पल शाहको नाममा फेसबुकमा १०० भन्दा बढी नक्कली अकाउन्ट भेटिन्छ ।

Video Report: