<pre><b>असोज, काठमाडौं। </b></pre><p>पछिल्लो समय चलचित्र क्षेत्रमा निकैनै हाइप कमाइरहेकी नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह। उनै नायिकालाई बेलायती दूतावासले भने पत्याएका छैन्। नायिका साम्राज्ञीले बेलायतको भिषा नपाएपछि उनको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन रोकिएको छ। बताइएअनुसार साम्राज्ञीको भिसा आवेदन अस्वीकृत भएपछि चलचित्रको छायांकन रोकिएको हो ।<br>काठमाडौं र लन्डनमा छायांकन हुने यो चलचित्रमा साम्राज्ञी मुख्य भूमिकामा छिन् । इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी नेपालमा नै छिन् । चलचित्रकी निर्देशक रेनाशा वान्तवा राई र कलाकार तथा पत्रकार दिलभुषण पाठक भने फिल्मको छायांकन नहुने भएपछि १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका छन् । </p><div><br></div>