आर्टिष्ट खबर/ असोज, काठमाण्डौ ।

गीतसंगीतमा दिनानुदिन बिकृती फैलिदै गएको बेला लोक तथा दोहोरी गीत प्रतिष्ठानले बिकृती रोक्न कदम उठाएको छ । कलाकारहरुले आफ्नो मनोमानीमा बिभिन्न उश्रृखल गीत सार्वजनिक गर्ने र बिशेष गरी स्टेजमा हुने बिकृतीलाई रोक्न प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले गृहमन्त्री जर्नादन शर्मालाई पत्र बुझाएका हुन् ।

पत्रमा देश भरीनै आयोजना हुने बिभिन्न स्टेज तथा अन्य कार्यक्रममा हुने गीतसंगीतसँग सम्बन्धीत बिकृती रोक्न जिल्ला प्रशाशनलाई निर्देशन दिन गृहमन्त्रीलाई आग्रह गरिएको छ । साथै गृहमन्त्री शर्माले यो बिषयलाई तत्काल ध्यानमा लिएर अगाडी बढाउने आश्वासन दिएका छन् । साथै बद्रीले आर्टिष्ट खबरसँग कुरा गर्दै आफुहरुले लामो समयदेखी लोकदोहोरीमा भएको बिकृती हटाउन पहल गरेको तर कारवाहीका लागी कुनैपनि कदम चाल्ने अधिकारी आफुहरु (प्रतिष्ठान) सँग नभएकोले केहि गर्न नसकेको बताए । ‘हामीले प्रतिष्ठान भित्रै भएको साथीहरुले गरेको गलत कामहरुलाई सम्झाउदै पनि आएका छौं तर कारवाही नै गर्नसक्ने कुनै अधिकारी नभएकोले गृहमन्त्रालयसम्म आउनु परेको हो ।’, बद्रीले भने ।

साथै प्रतिष्ठानकी महिला सचिव गायिका राधिका हमालले पनि प्रतिष्ठान भित्रै हुने बिकृतीसकेसम्म मिलाउने प्रयास गरेको तर धेरे नै बिकृती हुन थालेपनि आफुहरु गृहमन्त्रालय धाउनु परेको बताइन् । साथै प्रतिष्ठानका सदस्य गायक शिव हमालले यदि कलाकारहरुले नै यो बिषयमा सोचिदिने हो भने यसरी सरकार समक्षनै धाउनु नपर्ने भन्दै सबै कलाकारहरुलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

Video Interview on artist khabar