पोस्टरमा देखिइन् ‘ऐश्वर्य’मा लुकाइएकी केकी

असोज, काठमाडौं।

कार्तिक ९ मा रिलिज हुन लागेको रमेश उप्रेती तथा केकी अधिकारी स्टारर चलचित्र ’ऐश्वर्य’को नयाँ पोस्टर रिलिज भएको छ। यस अघि ट्रेलरमा सस्पेन्स रुपमा देखिएकी केकीलाई निर्माण पक्षले सार्वजानिक गरेको नयाँ पोष्टरमा अभिनेता रमेश उप्रेतीसंग देखाइएको छ। ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको हो।

चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराईका अनुसार -'हामीले केकीजीलाई हाइड गर्यौ भन्ने पनि कहिँकतै सुने तर यो सब टीमको प्लानिङ नै हो । केकीजी फिल्ममा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ भने उहाले सबैको मन पनि जित्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौ । केवल हामीले पब्लिसिटी प्लानिङ अनुसार उहालाई अगाडी ल्याएका हौ । हामी यतिबेला रिलिजको अन्तिम तयारीमा छौ , जहाँ नयाँ पोष्टरमा केकीजीलाइ दर्शकले देख्न सक्नुहुनेछ' ।

चलचित्रको बारेमा बताउँदै अभिनेता तथा निर्माता रमेश उप्रेतीले भने-' फिल्मको सार्वजनिक गीत र ट्रेलर मार्फत आएको रेस्पोन्सले खुसि बनाएको छ । एउटा राम्रो फिल्म बनाउने र मेकिङको स्तरीयता पनि देखाउने सपना पुरा भए जस्तो लाग्छ । म विदेशमा बस्ने नेपालीलाई क्वालिटीको फिल्म देखाउन चाहन्थे । हामीले नयाँ पोष्टरमा केकीजीलाई रिलिज गरेका छौं'।

चलचित्रमा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै चलचित्र मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् । निर्मल शर्मा सह निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ ।