असोज, काठमाडौं ।

करिब १८ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र पिंजडाको नामलाई लिएर निर्माण भएको चलचित्र ‘पिंजडा ब्याक अगेन’ आउदो माघ ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसै चलचित्रमा समावेश कुकुकु बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्त गीतमा चलचित्रका मुख्य कलाकार नायक निखिल उप्रेती र नायिका सारा सिर्पालीलाई फिचरिङ गरिएको छ । गीतमा निखिल र साराले कम्मर मर्काएका छन् ।

गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ भने राजनराजलाई अन्जपन्तले स्वरमा साथ दिएकी छिन् । यस्तै भिडियोलाई रामजी लामिछानेले कारियोग्राफि गरेका हुन् ।

कार्यक्रममा बोल्दै गायक तथा संगीतकार राजनराज सिवाकोटीले आफुले यसभन्दा अघि जस्तै मौलिक शब्दहरु प्रयोग गरेर यसपटकपनि राम्रो गीत बनाएको बताए । उनले आफुले मौलिक शब्दहरु मिसाएर बनाएको गीत अहिलेका पिणीहरु जसलाई मौलिकताको ज्ञान हरायो उनीहरुका लागी पुस्तक बनोस् भन्ने पनि चाहेको बताए । ‘मैले जतिपनि गीतहरु बनाएको छु मौलिकता झल्किने गीतहरु छन् । बिशेषतः गीतमा समावेश शब्दहरु अहिलेका युवाहरु जसलाई पहिलाका शब्दहरु नौलो लाग्छ उनीहरुलाई पुस्तकको काम गरोस् भन्ने चाहाना हो ।’, राजनराजले भने । साथै कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले यसभन्दा अघिका चलचित्र यस्तै यसमा पनि मेहनत गरेको र सार्वजनिक गरेको गीतमा निकै मुस्किलले कम्मर मर्काएको अनुभव पनि सुनाए । गीत सार्वजनिक कार्यक्रममा देखाइएको भिडियो हेर्दा उपस्थिती पत्रकार तथा चलचित्रकर्मिहरुले निखिलको कम्मर मर्काईको बेला खुबै तालि पनि बजाएका थिए ।

हिमाल केसी निर्देशीत ‘पिंजडा ब्याक अगेन’मा निखिल र साराको साथमा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुसाग्र भट्टराई, बिना थापाको अभिनय रहेको छ । चलचित्रलाई बिके फिल्मस् र एफ.डि कम्पनीले बितरण गर्दैछ । चलचित्रका रोहित पुरी, चन्द्र बहादुर क्षेत्री र गोबिन्द गैरे निर्माता हुन् ।

Video:

Event Video: