
<pre><b>असोज, काठमाडौं। </b></pre><p>हाँस्य जगतमा छुटटै नाम कमाएका चर्चित कलाकार विल्सन विक्रम राईको मुख्य भुमिका रहेको चलचित्र 'सकस'को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा विल्सन बिक्रम राईका साथमा सुन्दर श्रेष्ठ र महिमा सिल्वाल फिचरिंग भएका छन् । एन.वि महर्जनको निर्देशनमा बनेको यस चलचित्र मा काठमाडौँमा गुण्डाहरुको राज कसरी चल्छ, कसरि गुण्डा बन्छन् भन्ने बिषय देखाउन खोजिएको छ। </p><p>चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको संगीत, कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ । कात्तिक २५ बाट प्रर्दशनमा आउने तयारीमा रहेको यस चलचित्रका सह–निर्माता सुवाश चन्द्र भट्टराई र खगेन्द्र डाँगी हुन् ।मौनता श्रेष्ठको लेखन रहेको चलचित्र अक्कल सिंह र दोभान फिल्मस् प्रा लिको प्रस्तुतिमा बनेको हो । </p>