
<pre><b>असोज, काठमाडौं। </b></pre><p>नायक सलोन बस्नेतको मुख्य भुमिका रहेको चलचित्र 'मेला'को ट्रेलर सार्वजनिक भएको छ। युवापुस्तालाई मध्यनजर गर्दै बनाइएको यस चलचित्रमा कमेडी तथा युवापुस्ताको माया प्रेमलाई देखाइएको छ। चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । </p><p>कमेडीले भरिएको यस चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्। मनोज के मरोडियाको निर्माणमा बनेको यस चलचित्र कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/eu0wK1cj4dE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>