असोज, काठमाडौं।

बलीउडमा यस्ता कैयौं टप एक्ट्रेसहरु छन् जो फिल्ममा सामिल भएकै कारण फिल्मको बजेट बढ्ने गर्छ। यस लिस्टमा प्रियंका चोपडा देखि लिएर दीपिका पादुकोण, कटरीना कैफ ,करीना कपूर खान सम्म सामिल छन्। यि एक्ट्रेसहरुले दर्शकहरुत निकैनै तान्ने गर्छन तर उनीहरुको फिल्म हिटनै हुन्छ भन्ने ग्यारेन्टी भने हुँदैन्। बलिउडमा चर्चित बनिसकेका यि एक्ट्रेसहरुले फिल्मी करियरमा हिट फिल्म भन्दा बढी फ्ल्प फिल्म धेरै दिएका छन्। आज हामी यस समाचारमार्फत बलिउडमा चर्चा कमाएका भएपनि हिट भन्दा बढी फ्ल्प फिल्महरु दिएका छन्।

कटरीना केफ: कटरिनाले अहिलेसम्म २६ फिल्ममा काम गरेकी छिन् जसमा १२ फिल्म हिट भएका छन् भने १४ फिल्म फ्ल्प भएका छन्।

करीना कपूर खान :करीनाले खेलेको ४६ फिल्महरुमा ३५ फिल्म फ्लप भएको थियो।

दीपिका पादुकोण: बलिउडमा सुपरस्टारको रुपमा चिनिएकी दीपिकाले हालसम्म २१ फिल्म दिएकी छिन् जसमा १० हिट तथा ११ फ्ल्प भएका थिए।

ऐश्वर्या राय बच्चन: बलिउडमा व्युटी क्वीनको रुपले चिनिएकी ऐश्वर्याले ३० फिल्महरु दिइसकेकी छिन् तर उनको७ फिल्महरु मात्र बक्स अफिसमा हिट हुन सफल भयो।

सोनम कपूर : सोनम कपूरले गरेको १४ फिल्ममा ५ हिट तथा ९ फ्ल्प भएका छन्।

अनुष्का शर्मा :अनुष्काले हालसम्म १५ फिल्म दिइसकेकी छिन् जसमा ५ फिल्म मात्र हिट भएको थियो।

कंगना रनावत : कंगना रनावतले बलिउडमा २८ फिल्म दिइसकेकी छिन् तर त्यसमा ५ फिल्ममात्र हिट हुन सफल भएको थियो।

प्रियंका चोपडा :बलिउड तथा हलिउडमा नाम कमाइसकेकी प्रियंकाकोे ४० वटा फिल्म रिलिज भइसकेको छ। जसमा ३१ वटा फिल्म फ्ल्प भएको थियो।

परिणीति चोपडा: कुल ९ वटा फिल्म दिएकी परिणीतिको अहिलेसम्म केवल २ फिल्म मात्र हिट हुन सफल भएका छन्।