‘पैसा मात्रै ठूलो कुरो होइन’- पल शाह

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;पछिल्लोसमय चलचित्र 'म यस्तो गीत गाउँछु', 'जोनी जेन्टलम्यान' को सफलता पछि दर्शकहरुको मागमा पर्न सफल भएका छन् नायक पल शाह। यतिवेला चलचित्र वृत्तमा उनको हाइप निकैनै बढेको छ। जसका कारण चलचित्रमा उनको पारिश्रमिक बढेको पनि चर्चा निकै चलेको छ। यसैविच पल शाहले आफुले १८ लाख माग गरेको चलचित्र 'अनुराग'मा भने काम नगर्ने भएका छन्। पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहने चलचित्रका लागि&nbsp; पलले १८ लाख पारिश्रमिक लिएर अनुबन्धित भएको खबर आएको केही दिनमै उनले चलचित्र नगर्ने खवर बाहिरियो। </p><p>पलले आफु चलचित्रबाट बाहिरिनुको कारण निर्माण पक्षले उनलाई चलचित्रको&nbsp; स्क्रिप्ट र फाइनल ड्राफ्ट दिन नसकेको भएको बताएका छन्। यसका साथै उनले मिडियासंगको कुराकानीमा ड्राफ्ट आएपनि आफुले गर्न लागेको मह सञ्चारको चलचित्र&nbsp; ‘शत्रु गते’को छायाकंन संग जुध्ने भएका कारण अनुराग छोडेको बताएका छन्। 'आफुले नै १८ लाख माग गरेर अनुबन्धित भएको चलचित्र किन छोड्नुभयो भन्ने प्रश्नमा भने उनले पैसा मात्र ठूलो कुरो&nbsp; नभएको बताएका छन्। उनले पैसा धेरै दिँदैमा कथा स्पष्ट नभएको चलचित्र गर्न नसक्ने बताएका छन्।&nbsp;</p>