आर्टिष्ट खबर, असोज, पोखरा ।

गायिका ज्योती मगर भन्ने बित्तिकै धेरैको अनुमान हुन्छ हट र ग्ल्यामर शैलीमा प्रस्तुत हुने गायिका । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका थुप्रै गीत गाएका ज्योतीले गाउने गीत भन्दा पनि उनको मोडलिङको शैली हट हुने हुँदा उनलाई देश तथा बिदेशमा हुने कार्यक्रमहरुमा कतिपय आयोजकले शैली प्रस्तुतीकै लागी पनि बोलाउने गर्दछन् । तर अधिकांश दर्शक तथा आयोजकहरुले ज्योतीको हट प्रस्तुतीलाई नराम्रो भन्दै आएका छन् ।

ज्योती जतिपनि स्टेज कार्यक्रमहरुमा जान्छिन् त्यहाँ छोटा पहिरनबाट आफ्नो लोकगीतहरुमा उफ्रि उफ्रि नाँच्ने गर्दथिन्, तर पोखरामा भएको पाँचौ रामबजार महोत्सवमा पुगेकी ज्योती फरक पहिरनमा उत्रिइन्, जसबाट धेरै दर्शक चकित पनि परे ।

स्टेजमा उद्घोषकले अब ज्योती मगर आउदैछिन् भन्नासाथ योती छोटो कपडामा आउछिन् र गीत गाउँदै नाँच्छिन् भन्ने आम दर्शकको धारणा थियो तर शरिर भरी ढकमक्क नेपाली पहिरनमा ज्योतीलाई देख्दा धेरै दर्शक अचम्मीत भए । ज्योतीले महोत्सवमा गुनियो चोलीमा आफ्नो प्रस्तुती दिएकी थिइन् । उपस्थिती केहि युवादर्शकहरु अचम्ममा परे पनि अधिकांश दर्शकहरुले ज्योतीको प्रस्तुतीलाई धेरै राम्रो भन्दै तारिफ गरेका थिए । नेपाली लोकदोहोरी गायिकाको पहिचान यस्तो पो हुनुपर्छ भन्ने दर्शकहरु पनि धेरै भेटिन्थे ।

केहिदिन अघिमात्रै लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकदोहोरीको क्षेत्रमा आएको बिकृतीलाई रोक्नका लागी गृहमन्त्री समक्ष पत्र पेश गरेको थियो । साथै गृहमन्त्री जर्नाधन शर्माले पनि यो कुरालाई सकारात्मक बताएका थिए । प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीको पहलमा गृहमन्त्रीलाई बुझाइएको पत्रमा नेपालका कुनैपनि ठाउँमा हुने स्टेज तथा अन्य कार्यक्रममा गीतसंगीतको नाममा बिकृती फैलिने प्रस्तुती भएमा प्रहरी प्रशाशनले नियन्त्रणमा लिने बताइएको थियो । अध्यक्ष पंगेनीले बिकृती फैलाउने कामगर्ने कसैलाई पनि प्रतिष्ठानले कारबाही गर्ने अधिकार नभएकोले गृहमन्त्रालयसम्म पुग्नु परेको आर्टिष्ट खबरसँग कुरागर्दै भनेका थिए । अहिले ज्योतीमगरमा एकैपटक यसरी स्टेजको प्रस्तुती शैली परिवर्तन हुनु प्रतिष्ठानको यो कदमको प्रभाव भएको अनुमान लगाउन सकिन्छ ।