असोज, काठमाडौं।

बलिउडका चर्चित र्यापर हनि सिंह बलिउडबाट गायब भएको २ बर्ष भईसकेको छ। लामो समय देखि उनको कुनैपनि गित हरु रिलिज भएका छैनन । उनी कहाँ थिए भन्नेकुरा उनका फयानहरुलाई थाहा थिएन । तर अहिले भने यो यो हनि फर्किसकेका छन। आफनो गितका कारण चर्चा मा आउने हनि सिंह यसपटक फरक कारणले चर्चामा छन ।

अहिले हनी सिंह आफै सार्वजनिक भएर आफ्नो बारेमा खुलेर बताएका छन्। हनिले आफु २ बर्ष देखि घरमै रहेको बताएका छन र घरमा रहनुको कारण निकै ठुलो रहेको बताएका छन । हनि पछिल्लो समय देखि एक रोग पिडित भएका थिए र दुई बर्षदेखि उसलाई सार्बजनिक स्थानमा पनि देखापरेका छैनन । उनी बाइपोलर डिसअर्डर सँग जुधि रहेका छन । उनले भनेका छन ,‘म चाहन्थें कि म आफ्नो बारेमा मेरो फ्यानलाई आफैँ बताऊ। त्यही कारण मैले कुनै प्रवक्तालाई पठाइन।’ ।हनी सिंहले भनेका छन-'म यो जानकारी अरुकुनै माध्यम बाट दिन सक्थेँ।तर म पछिल्लो दुईबर्ष देखी नरामो संग चिन्तित थिए, यति सम्म कि म कसै सगं कुरा गर्न सक्ने अबस्थामा पनि थिईन'।

उनले भने मेरो बारेमा मानिसहरुले विभिन्न प्रकारको कुरा गरिरहेका थिए।कसैले मलाई ड्रग्सको खराब लत लागेको र पुनर्स्थापना केन्द्रमा भर्ना गरिएको त कसैले डिप्रेशनको शिकार भएको बताएका थिए। तर म नोयडाको आफ्नै घरमा थिएँ।अब भने उनलाई चाडैनै इंडस्ट्री देख्न सकिने छ। यसका लागी हनि पुरा रुपमा तयारीमा रहेको बताएका छन।

एजेन्सी