रवि र पुजा ले जिते एरिस्टफ भोड्का फेस अफ फेसनको उपाधि

असोज, काठमाडौं।

एरिस्टफ भोड्का फेस अफ फेसनको उपाधि रवि आले र पूजा शाईले जितेका छन् । फेस अफ फेशन’ नाम दिएर रमाइलो छ प्रालिले आईतबार आयोजना गरेको प्रतियोगिताको उपाधि पुरुषतर्फ फेस नं। १ रवि आले र महिलातर्फ फेस नं। ८ पूजा शाईले जितेका हुन् ।उनीहरु दुवैले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । आले उपाधिसँगै आलेले बेष्ट ड्रेस र पब्लिक च्वाईसको तथा शाईले मष्ट ईथुजियाष्टिक र भियोर च्वईस सबटाईटल प्राप्त गर्न सफल भए ।

यस्तै बेष्ट वर्कमा नेलसनजंग मल्ल र एञ्जिला वानिँया, मोष्ट अट्रयाक्टिभमा रेवान राई र सुस्मिता राई, बेष्ट ड्रेस रवि आले र कृषिका पौडेल, मोष्ट फोटो जेनिकमा कर्मा तामाङ र एलिशा पुन, मोष्ट ईथुजियाष्टिक अजित गुरुङ र पूजा शाई, पब्लिक च्वईस रवि आले, मोष्ट क्रियटिभ च्वईस भिम थापा र रोश्नी श्रेष्ठ, भियोर च्वईस पूजा शाईले सबटाईटल प्राप्त गर्न सफल भए ।

प्रतियोगितमा एसएलसी उत्तिर्ण गरेका १६ देखि २५ वर्ष उमेर समुहका ५ फिट भन्दा बढी उचाइ भएका युवा–युवतीहरुले फाईनलमा प्रतिस्पर्धा गरेका थिए । ‘फेस अफ फेशन’ नाम दिएर रमाइलो छ प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुईवटा अडिसन राउण्ड पार गरेर कुल ३४ जना प्रतिस्पर्धाबाट १७ जना युवा युवती फाईनलमा प्रबेश गरेका हुन ।

ऐरीष्टफ भोड्का फेस अफ फेसनको फाईनलमा मिस नेपाल अर्थ २०१४ सोनीराज भण्डारी, गायिका कौशल्या गुरुङ र नेपाल टुरीजम बोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।                 एरिस्टफ भोड्काको मुख्य प्रायोजनमा भएको फेस अफ फेसनको फाईनल कार्यक्रमको ब्यबस्थापन ईपोल ईन्टरटेन्मेन्ट र मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्डले गरेको थियो ।