सलोन बस्नेतले ल्याए ‘रुम नं १०८’, हेर्नुहोस भिडियो

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय चलचित्र नगरीमा चक्लेटी नायकको रुपमा&nbsp; चर्चा कमाइरहेका नायक सलोन बस्नेतले आफ्नै स्वरमा एक गीत बजारमा ल्याएका छन्। नायक सलोन र अर्का नायक आमेष भण्डारीको स्वर रहेको ‘रुम नं। १०८’ बोलको गीत युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ।&nbsp; हिप हप शैलीको गीतमा र्यापर गिरीश खतिवडाको पनि र्याप रहेको छ ।</p><p>पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुती रहेको गीतको भिडियोमा नायक सलोन र आमेषसँगै गिरिश खतिवडा, करिश्मा श्रेष्ठ, परमिता श्रेष्ठ, सुनिता श्रेष्ठ, लाजिमा सुब्बा र कमल मानन्धरलाई देख्न सकिन्छ्। शिशिर खातीको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् ।&nbsp;&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/5pjAF7lCfo8" width="640" height="360" class="note-video-clip"></iframe><br></p>