<pre><b>असोज, काठमाडौं। </b></pre><p>पछिल्लो समय नेपाली समस्त संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल गीत कुटुमा कुटुले युट्युबमा ३ करोड दर्शक कमाएको छ। सार्वजनिक भएपश्चात सबैको रोजाईमा पर्न सफल चलचित्र ‘२ रुपैयाँ’को यस गीतले ३ करोड दर्शक कमाउँदै नेपाली गीतहरुमा सबैभ्दा धेरै हेरिने गीतको सुचिमा आफ्नो नाम अग्रस्थानमा राख्न सफल भएको छ ।<br>राजनराज शिवकोटीको शब्द तथा संगीत र राजन र अञ्जु पन्तको आवाज रहेको यस गीतको भिडियो अझै पनि चर्चा कमाइरहेको छ। चलचित्र प्रदर्शनमा नआउँदै २ करोड भ्यु बनाएर रेकर्ड राखेको गीतले सर्वाधिक छोटो समयमा यतिधेरै दर्शक पाएको हो । गीतमा असिफ शाह, निश्चल बस्नेत, स्वस्तिमा खड्का बुद्धी तामाङ, स्वस्तिमा खड्का लगायत अभिनय रहेको छ । भदौमा प्रदर्शनमा आएको चलचित्रले पनि एकदमै राम्रो ब्यापार गर्न सफल भएको थियो। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/VwIWfvW3SD8" width="640" height="360" class="note-video-clip"></iframe><br></p>