रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आजबाट यसबर्षको तिहार पर्व शुरु भएसँगै पहिलो दिन कागतिहार मनाइएको छ । यसका साथै काग तिहारको अवसरमा नेपालका मुखबाटै १७० निकाल्न सक्ने रमेश दुलालले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गरेका छन् । प्रत्येक बर्ष काग तिहारको दिनमै काग सम्मेलन गर्दै आएको दुलालको यो १४ औं काग सम्मेलन हो ।

दुलालले यमलोकको खबर यमराज समक्ष खबर पठाउने माध्यमको रुपमा लिइने कागको बारेमा लामो समयसम्म अध्ययन गरेको र साच्चै नै खबर पठाउछ या पठाउदैन भन्ने बारे अध्ययन पश्चात पठाउने बुझेपछि उनले पनि कागलाई साथीको रुपमा लिएर सन्देश पठाउने गरेको बताउँछन् । ‘मैले कागलाई उसकै भाषामा बोलाउछु र सन्देश पनि पठाउने गरेको छु ।, सन्देश पठाउने माध्यमको रुपमा लिइने कागले साच्चै नै सन्देश लिएर जानेगरेको मैले पाएको छु ।’, कागको बारेमा बोल्दै दुलालले भने ।

दुलालले दुईबर्षअघि मात्रै नेपालमा भारतले लगाएको नाकाबन्दीमा पनि त्यसको बिरुद्ध कागलाई जम्मा गरी भारतीय दुतावास घेराऊ गरेका थिए ।

तस्बिरः गोपिकृष्ण चापागाईं । आर्टिष्ट खबर