रेखा र आर्यनको प्रेम हेर्न पुगे छविराज देखि शिल्पा सम्म

...

<pre><b>असोज, काठमाडौैं।</b></pre><p>तिहारको अवसर पारेर लक्ष्मी पुजाको दिनबाट प्रर्दशनमा आउनलागेको&nbsp; चलचित्र रुद्रप्रियाको प्रिमियर सम्पन्न भएको छ। सोमवार राजधानीको कुमारी हलमा सम्पन्न गरिएको ग्राण्ड प्रिमियरमा कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।&nbsp; रेखा र आर्यनको लभस्टोरी रहेको चलचित्रहेर्नका लागि चलचित्रकर्मी, पत्रकार, कलाकारहरुको भिड लागेको थियो। साथै यस प्रिमियरमा&nbsp; निर्माता छविराज ओझा तथा नायिका शिल्पा पोखरेलको उपस्थितीले कार्यक्रम झन आकर्षक बनेको थियो। प्रिमियरमा शिल्पा पहिलो पटक रेखाको साथमा यसरी मिडियामा प्रस्तुत भएकी हुन् । रेखा छविराजको पूर्व श्रीमति र शिल्पा हुनेवाला श्रीमति भएका कारण पनि रेखा र शिल्पाको अंकमालले प्रिमियरमा राम्रै ताली पायो । पहिलो पटक रेखा र शिल्पा यसरी एकसाथ भेटिएका हुन् ।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/0430c058b60971e22f7a2b857c0afdbd1508213005.jpg" style="width: 960px;"><br></p><p>आर्यन र रेखाको आठ वर्षपछि एक साथ आएका कारण चर्चा कमाइरहेको रुद्रप्रियाले प्रिमियरमा पनि सबैको तारिफ पाएको छ । प्रिमियरमा दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, शिल्पा पोखरेल, छविराज ओझा, हेमराज विसी, रोहित अधिकारी लगायतका व्यक्तिहरु कुमारी हल पुगेका थिए ।</p>