६ देशमा विक्री भयो सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’

...

<pre><b>असोज, काठमाडौं</b></pre><p>नायिका प्रियंका कार्की र सौगात मल्लको निकै नै प्रतिक्षित चलचित्र 'फाटेको जुत्ता' कार्तिक १७ बाट देशव्यापी प्रर्दशनमा आउँदैछ। यस्तैमा यो चलचित्रले नेपाल बाहेक ६ देशहरुमा आफ्नो सर्वाधिकार विक्री गरेको छ। निकेश खड्काको निर्देशनमा बनेको यस चलचित्र अब अष्ट्रेलिया, जापान, क्यानडा, हंगकंग, जर्मनी तथा बेलायतमा प्रर्दशनमा आउने भएको छ। राइट विक्री बाट निर्माताले ४५ लाख रकम प्राप्त गर्ने भएका छन्।&nbsp;</p><p>चलचित्रका निर्माता अर्जुन कुमारले यि देशहरुमा नोभेम्बरमानै प्रर्दशनमा आउने बताएका छन्। कमेडी जनरामा बनेको यस चलचित्रको गित तथा ट्रेलर लाई दर्शकहरुले निकै रुचाएका छन्।&nbsp;</p>