
<pre><b>असोज, काठमाडौं</b></pre><p> बलिउडका चर्चित अभिनेता ऋषि कपूरले आफ्नो अपकमिंग फिल्म 'मुल्क' को आफ्नो लुक्स सार्वजनिक गरेका छन्। अनुभव सिन्हा को सोशल थ्रिलर फिल्म मा उनी विल्कुल नयाँ रुपमा देखिँदैछन्। पछिल्लो समय फरकफरक रुपमा आइरहेका उनले अब फिल्म मुल्कमा आफ्नो गेटअप मार्फत सबैलाई चकित पार्ने भएका छन्। </p><p>फिल्म मुल्कमा नीना गुप्ता ऋषि कपूर की पत्नीको भुमिकामा रहेकी छिन्। त्यस्तै तापसी पन्नू उनकी बुहारीको भुमिकामा देखिनेछिन्। यसअघि ऋषि कपूर र तापसी पन्नू फिल्म चश्मे बद्दूरमा एक साथ देखिएका थिए।</p><p><img src="http://artistkhabar.com/uploads/posts/c1d59efc923df4ded5bb4d8d0b8803ae1508228790.jpg" style="width: 759px;"> </p>